काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०८२’ का उत्कृष्ट १० जना कविहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गरेका छन्। राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रत्येक कविलाई रु. ४०,००० नगद र सम्मानपत्र प्रदान गरे।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससँगै साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि अत्यन्त आवश्यक रहेको उल्लेख गरे। उनले भाषा, साहित्य र संस्कृति नेपालको पहिचान, आत्मा र जीवनशैलीको अविभाज्य हिस्सा भएको बताए।
राष्ट्रपति पौडेलले नेपाल प्रज्ञा–प्रतिष्ठानले “नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिहरूलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व बहन गर्ने संस्थाका रूपमा भूमिका खेल्नुपर्छ” भन्दै संस्थाको कार्यप्रति विश्वास व्यक्त गरे।
उनले भने, "साहित्य भनेको केवल सिर्जनात्मक अभिव्यक्ति मात्र होइन, यो ज्ञान, संस्कार र समाजको प्रतिबिम्ब हो। त्यसैले यसको संरक्षण र संवर्धन हाम्रो साझा दायित्व हो।"
सम्मानित कविहरूको सूची:
अविनाश भट्टराई – सिराहा
कर्ण सञ्जय – मोरङ
किशन पौडेल – मकवानपुर
गोमा श्रेष्ठ – लमजुङ
चन्द्रमणि चापागाईं – नवलपरासी
तुलसी केसी – रुकुम पश्चिम
मिरमा (रमा सुवेदी) – मकवानपुर
शमुएल कोइराला – सुनसरी
सन्ध्या महर्जन – ललितपुर
सिर्जन अविरल – चितवन
कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले यस वर्षदेखि कविता महोत्सवमा पुरस्कार वितरणको ढाँचा परिवर्तन गरी पाँच नेपाली र पाँच मातृभाषी कविहरूलाई उत्कृष्टता आधारित प्रतिनिधित्व दिइएको जानकारी गराए।
राईका अनुसार यस नयाँ ढाँचाले महोत्सवलाई समावेशी र सहभागितामूलक बनाएको छ, जसले विभिन्न भाषाभाषी कविहरूलाई समान अवसर दिन्छ।
साहित्य पद्य/काव्य विभाग प्रमुख बाबा बस्नेतले स्वागत मन्तव्य दिँदै २०८२ को महोत्सवमा ७८० वटा कविता प्राप्त भएको र निर्धारित प्रक्रिया अनुसार १० उत्कृष्ट कविता छनोट गरिएको बताइन्।
कार्यक्रम उद्घोषक तथा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले २०२२ सालदेखि सुरु भएको कविता महोत्सवले राष्ट्रिय स्तरका सशक्त र प्रतिनिधिमूलक कविहरू उदाएका छन् भन्ने विश्वास व्यक्त गरे। उनले प्राज्ञिक समृद्धि र भाषिक–सांस्कृतिक विकासमा प्रतिष्ठानको भूमिका उल्लेखनीय रहेको पनि बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - ०९:१८
काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...
श्रावण ५ गते, २०८३ - ०९:१३
विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...
श्रावण ५ गते, २०८३ - ०९:११
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...
श्रावण ५ गते, २०८३ - ०९:०९
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...
श्रावण ५ गते, २०८३ - ०९:०६
काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...
श्रावण ५ गते, २०८३ - ०९:०२
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...
श्रावण ५ गते, २०८३ - ०९:०१
धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...
श्रावण ५ गते, २०८३ - ०८:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...
श्रावण ५ गते, २०८३ - ०८:५२
विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...
श्रावण ५ गते, २०८३ - ०८:४८
काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...



प्रतिकृया लेख्नुहोस्: