Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

त्रिपालमुनि रात कटाउँदै आगलागी पीडित

खबरडबली संवाददाता

उदयपुर  । उदयपुरको कटारी नगरपालिका-१०, थुम्की गाउँका दुईघर आगलागी पीडित परिवार तीन दिनदेखि त्रिपालमुनि रात कटाउँदै आएका छन् । 

सोमबार दिउँसो आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि ७४ वर्षीय गुमानसिंह थापा मगर र ७२ वर्षीय नारायणबहादुर थापा मगर परिवारको बिचल्ली भएको हो ।

आगलागीले घरविहीन भएपछि कटारी नगरपालिकाले मङ्गलबार त्रिपाल पठाएको थियो । “अहिले उहाँहरु त्यही त्रिपालमुनि रात कटाइरहनुभएको छ”, स्थानीय ककनी टोल विकास संस्थाका सचिव धर्म खनालले भने, “हावाहुरी आयो र पानी पर्‍यो भने विचल्ली हुने अवस्था छ ।”

अर्का बेचन थापा मगरको भने मतान जलेको थियो । उनको मतानमा रहेको सरसामानसँगै १८ वटा खसीबाख्रा मरेका थिए । आगलागीबाट अन्नपात, नगद, भाँडाकुँडा, लत्ताकपडा गरी झण्डै रु ६५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले बताए । 

आगलागीबाट ठूलो क्षति भएको र उनीहरुको अवस्था दयनीय भएको कटारी-१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए । आर्थिक अवस्था कमजोर भएकाले आगलागी पीडितलाई त्रिपालको व्यवस्था गरिएको उनले जानकारी दिए । 

स्थानीयवासीका अनुसार लत्ताकपडा र दैनिक उपभोग्य वस्तु विभिन्न संस्थाले सहयोग गरेका छन् । पीडित परिवारमा वृद्धवृद्धा भएकाले त्रिपालमुनिको बास कष्टप्रद बनेको छ । 

आगलागीमा परी घाइते भएका स्थानीय शङ्कर भुजेल उपचारपछि घर फर्किएका छन् । आगोले उनको आँखामा चोट लागेको थियो । घटनास्थल उदयपुरको पश्चिम-उत्तर भेगमा पर्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन्, मन्त्रिपरिषदका १८ निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका  निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूच्ना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आइतबार न...

नाइजेरियामा चामल लिने क्रममा कुल्चिएर ३२ जनाको मृत्यु

लागोस । नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ ।  यसअघि प्रहरीले २२ जनाको निधन...

सिंहदरबारमा सम्पति शुद्धीकरणबारे शिर्ष नेताबीच छलफल

काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीत...

भाेलिबाट मात्र रविविरुद्धकाे मुद्दाकाे थुनछेक बहस हुने

पाेखरा । आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभ...

इलाममा एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर, गर्न सके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको संख्या पनि नेप...

महोत्तरीमा हृदयाघातबाट एक थुनुवाको मृत्यु

महोत्तरी । महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ ।  लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुली...

भाेलि राति पश्चिमी भूभागमा पानी पर्ने पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति पश्चिमी भूभागमा पानी पर्न सक्ने जनाएको छ ।  महाशाखाका मौसमवि...

कास्की प्रहरीले रविकाे सांसद पद निलम्बन गर्नकाे लागि सभामुखलाई पठायो पत्र

काठमाडौं । जिल्ला प्रहरी कार्यकालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेको सांसद पद निलम्बन गर्न प्रतिनिधिसभाक...

बानेश्वरकाे साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् ।  उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानक...

सर्लाहीमा ढुङ्गा प्रहारबाट घाइते वृद्धाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy