काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रको महाभारत गाउँपालिकाका किसानलाई व्यावसायिक पशुपालन तालिम प्रदान गरिएको छ । महाभारत साना किसान कृषि सहकारी संस्थाको आयोजनामा महाभारत–३, ४, ५, ६, ७ र ८ का ३९ जना किसानलाई तालिम दिइएको हो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था ९साविक साना किसान बैंक०को आर्थिक सहयोगमा पशुपालन तालिम प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामी मगरले बताए । निर्वाहमुखी अवस्थामा रहेका किसानलाई व्यावसायिकरूपमा अगाडि बढाएर आयआर्जन वृद्धिमा टेवा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरेको उनको भनाइ छ ।
“हाम्रा किसान निर्वाहमुखी मात्रै भएका छन् । जति दुःख गरेर पनि आयआर्जनको क्षेत्रमा माथि उठ्न सकेका छैनन्”, अध्यक्ष मगरले भने, “आधुनिक सीप प्रदान गरेर आर्थिक उपार्जनमा वृद्धि गर्न किसानलाई पशुपालन व्यवसायमा गुरुयोजना बनाएर अगाडि बढ्ने सीप प्रदान गर्न आवश्यक छ ।”
उहाँहरूलाई महाभारत पशुपक्षी विकास शाखा प्रमुख बालकुमार लुङ्गेली, महाभारत–४ र ५ का पशु प्राविधिक महेन्द्र जर्गा र वडा नं ६ का निर्जल पुलामीले तालिम दिएका थिए ।
महाभारत–६ का वडाध्यक्ष रमेशकुमार लुङ्गेली मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिं विष्ट र कृषि सहकारी संस्थाका उपाध्यक्ष केसरीमाया बललगायतको सहभागिता थियो ।
यसअघि संस्थाले गाउँपालिकाको कफी पकेट क्षेत्र विकास (फलोप) कार्यक्रमअन्तर्गत सहकारी संस्थामार्फत कफी नर्सरी व्यवस्थापन र बिरुवा रोपण तालिमका साथै कफी पल्पर मेसिन वितरण गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८१ - २१:३५
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। शनिबार काठमाड...
जेष्ठ ५ गते, २०८१ - २१:२८
काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर र...
जेष्ठ ५ गते, २०८१ - २१:०५
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा म...
जेष्ठ ५ गते, २०८१ - १२:१४
काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...
जेष्ठ ५ गते, २०८१ - १२:११
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...
जेष्ठ ५ गते, २०८१ - १०:०५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...
जेष्ठ ५ गते, २०८१ - १०:०३
कञ्चनपुर । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...
जेष्ठ ५ गते, २०८१ - १०:००
काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...
जेष्ठ ५ गते, २०८१ - ०९:५७
काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । ...
जेष्ठ ५ गते, २०८१ - ०९:५३
मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...
प्रतिकृया लेख्नुहोस्: