काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री थापाले आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक भएको बताएका हुन् ।
उनले भनेका छन्-आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट,शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ ।'
उनले प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास व्यक्त गर्दै यो सत्प्रयासमा आफुहरुको साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शिक्षामन्त्री श्रेष्ठले २०७४ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको आयोगको प्रतिवेदन बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्बजनिक गरेकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८२ - १७:१८
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा बिचमा भेटबार्ता भएको छ।...
जेष्ठ ३ गते, २०८२ - १७:१२
धनगढी। एउटा मन्त्री पठाउने विषयलाई लिएर विवाद बढेको नागरिक उन्मुक्ति पार्टीमा दलका नेता घनश्याम चौधरीलाई कारबाही गर्न माग भएको छ। सोही पार्टीका प्...
जेष्ठ ३ गते, २०८२ - १७:०२
सरकारले जनताको मतलाई बेवास्ता गर्दै भ्रष्टाचारलाई प्रसय दियोः प्रचण्ड
जेष्ठ ३ गते, २०८२ - १६:४८
अर्को पेसी जेठ ४ गते
जेष्ठ ३ गते, २०८२ - १६:३१
काठमाडौँ। आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि शुक्रबार सम...
जेष्ठ ३ गते, २०८२ - १६:११
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछाने व्यवसायिक हुन खोजेको र आफूलाई अर्को चरणमा लान खोजेको बताएका छन् । ...
जेष्ठ ३ गते, २०८२ - १५:४५
गाजा सिटी। गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार मध्यरातदेखि प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा ५० जनाको मृत्यु भएको बताएको छ । “उत्तरी गाज...
जेष्ठ ३ गते, २०८२ - १५:२२
काठमाडौं। नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ । हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–...
जेष्ठ ३ गते, २०८२ - १५:१२
काठमाडौँ । मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्र गाजामा मानिसहरू भोकमरीमा रहेको बताएका छन्। उनले शुक्रबार पत्रक...
जेष्ठ ३ गते, २०८२ - १५:०७
सरकार गभर्नर नियुक्तमा अनेक चलखेल र प्रपञ्चमा लागिरहेको छ
प्रतिकृया लेख्नुहोस्: