काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउनसके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
साहित्यिक पत्रकार सङ्घले आज बस्नेतलाई ‘हिमडमरु’को उपाधिसहित सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ घट्दै गएकाले समग्र पर्या–पर्यटनमा ठूलो क्षति पुगेको बताए । यसको असर न्यूनीकरणका लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
हिमाली क्षेत्रमा लामो समयदेखि पदयात्रा गर्दै हिमाल, पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे पत्रकारिता क्षेत्रबाट विभिन्न अध्ययन गरेको भन्दै सङ्घले बस्नेतलाई सम्मान गरेको हो । वरिष्ठ साहित्यकार रोचक घिमिरे, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सगरमाथा आरोही तेम्बाछिरी शेर्पासहितले अध्यक्ष बस्नेतलाई दोसल्ला, माला र प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
कार्यक्रममा अध्यक्ष बस्नेतले पृथ्वी बच्यो भने मात्रै हिमाल बाँच्ने र मानवजाति बाँच्ने उल्लेख गरे । “हिमाल बाँचेमात्रै, जल रहन्छ, पर्या–पर्यटन क्षेत्र रहन्छ हिमाल हेर्न विदेशी आउँछन् । त्यसैले हामी हिमाल बचाउनतिर लागौँ”, उनले भने । बस्नेतले देशको सम्पदा, भाषा, संस्कृति, रहनसहन, भेषभूषाको संरक्षण गर्नु पनि समृद्धि भएको उल्लेख गरे । विश्वभरका मान्छे, नेपाल, ताल, जङ्गल र हिमाल हेर्न आउने गरेको बताए ।
बस्नेतलाई हिमाली क्षेत्रको कठिन पदयात्रा गर्दै अध्ययन गरेको, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे हिँडेरै तयार पारेको वृत्तचित्रसमेत निर्माण गरेको साथै हिमाल जोगाउन २५ वर्षदेखि योगदान गरेको भन्दै सम्मान गरिएको आयोजकले जनाएका थिए ।
साहित्यकार घिमिरेले अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रमार्फत लामो समयदेखि समृद्धिका पक्षमा काम गरेकोमा प्रशंसा गरे । सगरमाथा आरोही शेर्पाले हिमाली क्षेत्रमा बस्नेतको अध्ययन रुचिबारे आफूले २४ वर्षदेखि सँगै रहेर काम गरेको अनुभव सुनाए ।
सङ्घका अध्यक्ष राधेश्याम लेकालीले भाषा, साहित्य, सम्पदा, संस्कृति जोगिएमात्र राष्ट्रसमुन्नति हुने भएकाले पत्रकारिताको ध्यान त्यसतर्फ जानुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: