काठमाडौं । आज २०८० सालको अन्तिम दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हाे ।
आज तोलाको एक लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । विहीबारसुनको मूल्य तोलामा एक लाख ३६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार रुस र युक्रेनको युद्ध, डलरको भाउ उकालो लाग्नुलगायतका कारणले सुनको भाउले पनि कीर्तिमानी बनाएको हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण हुँदै आएको छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ ।
त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँ बढेको छ । हिजो तोलाको एक हजार सात सय रुपैयाँ रहेको चाँदी आज तोलामा एक हजार सात सय ५० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अघिल्लो वर्ष चैत मसान्तका दिन सुनको भाउ तोलाको एक लाख १० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - ११:२१
काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...
आश्विन ४ गते, २०८१ - ११:१६
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...
आश्विन ४ गते, २०८१ - ११:१३
काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...
आश्विन ४ गते, २०८१ - ११:११
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...
आश्विन ४ गते, २०८१ - ११:०१
रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...
आश्विन ४ गते, २०८१ - ११:००
काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...
आश्विन ४ गते, २०८१ - १०:१७
बागलुङ । धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...
आश्विन ४ गते, २०८१ - १०:०९
हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...
आश्विन ४ गते, २०८१ - १०:००
काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...
आश्विन ३ गते, २०८१ - १९:५५
काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...
प्रतिकृया लेख्नुहोस्: