Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा १२ हजार विद्यार्थीको क्षमता बढ्यो

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ रहेको छ । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ ।

यीमध्ये ३ वटा कारागारभित्र छन् । ४ वटा विशेष विद्यालय हुन् । एउटा रात्री विद्यालय र एउटा संस्कृत छन् । रात्री र संस्कृत विद्यालयमा कक्षा ६ देखि मात्र भर्ना गर्ने गरिएको छ । गएको शैक्षिक सत्र २०८० मा करिब ३९ हजार ९५२ जना विद्यार्थीले अध्ययन गरे । 

यस बर्ष प्रारम्भिक बाल विकास कक्षाहरुमा ५ हजार ५१४ जना, कक्षा १ देखि कक्षा ९ सम्म थप ६ हजार ५६६ जना गरी १२ हजार ८० जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ । विद्यालयमा उपलब्ध भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको संख्यालगायत सूचकका आधारमा विद्यालयहरुबाट माग गरिएको विवरणका आधारमा यो क्षमता निर्धारण गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले बताए । 

पूर्व प्राथमिक बाल विकास कक्षामा २०८० को शैक्षिक सत्रमा ४ हजार ९२५ जना विद्यार्थीहरुले अध्ययन गरे । यस कक्षामा ५ हजार ५१४ जना विद्यार्थीलाई भर्ना लिने क्षमता छ । गएको बर्ष क्षमतामा पुग्न ७९४ जना कम विद्यार्थी भर्ना भए । यी क्षमतालाई पूर्ण बनाउने यस बर्ष प्रयास हुनेछ ।  

३ हजार ४२९ जना विद्यार्थी अध्ययन गर्ने क्षमतामा गएको बर्ष कक्षा १ मा २ हजार ६५३ जना विद्यार्थीले अध्ययन गरे । यस कक्षको पूर्ण क्षमताका लागि चालु शैक्षिक सत्रमा थप ७७६ जना विद्यार्थी भर्ना हुनुपर्छ ।

गएको बर्ष २ हजार ५७८ जना विद्यार्थीले अध्ययन गरेको कक्षा २ को क्षमता ३ हजार ३२७ जनाको हो । यो कक्षामा शैक्षिक सत्र २०८१ मा ७४९ जना थप विद्यार्थी भर्ना गर्नुपर्छ । २ हजार ६४३ जनाले गएको बर्ष कक्षा ३ मा अध्ययन गरेका थिए । यो कक्षाको क्षमता ३ हजार ३५९ जना हो । कक्षाको पूर्ण क्षमताका प्रयोग गर्न चालु शैक्षिक सत्रमा ७१६ ले बढी विद्यार्थी भर्ना गर्नुपर्छ ।

कक्षा ४ मा गएको बर्ष २ हजार ९६१ जना विद्यार्थीले अध्ययन गरेका थिए । यो कक्षाको क्षमता ३ हजार ६ सय हो । यो कक्षामा ६३९ जना थप विद्यार्थी भर्ना गर्नुपर्छ । कक्षा ५ को क्षमता ३ हजार ८ सय हो । गएको बर्ष यस कक्षामा ३ हजार १४४ विद्यार्थीले अध्ययन गरेका थिए । यस कक्षामा थप ६५६ जना विद्यार्थी भर्ना लिन सकिन्छ ।

गएको बर्ष ३ हजार ५४२ जना विद्यार्थीले अध्ययन गरेको कक्षा ६ को क्षमता ४ हजार ४०५ जनाको हो । यस कक्षामा ८६३ जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ । कक्षा ७ को क्षमता ४ हजार ५३८ जनाको हो । यस कक्षामा गएको शैक्षिक सत्रमा ३ हजार ९४४ विद्यार्थीले अध्ययन गरेका थिए । यो बर्ष थप ५९४ जना विद्यार्थी भर्ना हुँदा कक्षा पूर्ण क्षमताको हुन्छ ।

कक्षा ८ को क्षमता ५ हजार २१० जना विद्यार्थीको हो । यस कक्षामा गएको बर्ष ४ हजार ६५१ जना विद्यार्थीले अध्ययन गरेका थिए । यस कक्षामा ५५९ जना थप विद्यार्थीको भर्ना गर्न सकिन्छ ।

कक्षा ९ मा गएको बर्ष ४ हजार ९५८ जना विद्यार्थीले अध्ययन गरेका थिए । यस कक्षाको क्षमता ५ हजार २५६ जनाको हो । यस बर्ष २९८ जना थप विद्यार्थी भर्ना गरे कक्षा पूर्ण क्षमतामा उपयोग हुनेछ । कक्षा १० मा गएको बर्ष ३ हजार ९५३ जना विद्यार्थीले अध्ययन गरेका थिए ।

शैक्षिक सत्र २०८१ भर्ना अभियान

शैक्षिक सत्र २०८१ का लागि महानगरपालिकाले बैशाख २ गतेदेखि ७ गतेसम्म ‘करले होइन रहरमा – हाम्रा बालबालिका सामुदायिक विद्यालयमा’ र ‘शैक्षिक रुपान्तरण अभियानमा सिर्जनात्मक सिकाइ, सामुदायिक विद्यालय अभिभावकको पहिलो रोजाइ’ नारासहित भर्ना अभियान गर्ने भएको छ ।

बैशाख ९ गतेबाट कक्षा सञ्चालन हुनेछन् । शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलकाअनुसार भर्ना अगाडि विद्यालयहरुमा पुस्तक, विद्यालय भवन तथा कक्षा कोठाहरुको मर्मत, प्रयोगशालाहरुको व्यवस्थापनका काम भइरहेका छन् ।

शैक्षिक गुणस्तर सुधारका लागि सिकारुहरुलाई तयार र स्वतःस्फूर्त रुपमा सिक्ने क्रियाकलापप्रति लाग्ने वातावरणका लागि महानगरपालिकाले भौतिक संरचनाको सुधार, प्रयोगशालाहरुको उपलब्धता, दिवा खाजाको व्यवस्था गरेको छ । विद्यालय नर्स कार्यक्रमबाट स्वस्थ्य आचरण सुधार तथा विद्यालयमै प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।

प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ हुनेछ । हरेक शुक्रबार ‘पुस्तकरहित’ कार्यक्रमअन्तर्गत कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ क्रियाकलाप हुनेछन् । कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम नियमित हुनेछन् । विद्यालयका क्रियाकलापहरुलाई सीसीटिभी क्यामराबाट निगरानी गरिनेछ । कक्षा कोठाहरुमा स्मार्ट बोर्डबाट सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप गरिनेछ ।

शिक्षकको क्षमता बढाउन शिक्षक तालिम सञ्चालन भएका छन् । सहरी योजना आयोगका झाका अनुसार शैक्षिक सुधारका लागि लगानी बढाउँदै लगिएको छ । यस बर्षका लागि करिब २ अर्व ७५ करोड रुपैयाँ बिनियोजित छ ।

यसमा नियमित ९२ करोड २९ लाख रुपैयाँ, ५० करोड शिक्षातर्फका महानगर गौरव योजनाका लागि, ५ करोड रुपैयाँ स्वर्णिम योजनाका लागि १ अर्व ४७ करोड आन्तरिकतर्फ र संघबाट प्राप्त हुने १ अर्व २७ करोड रुपैयाँ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: