Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै

खबरडबली संवाददाता

काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ,  सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत् शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत् चलेको छ ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत्, सम्वत् ६३३ देखि मानदेव सम्वत्, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत् चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ ।

१२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासविदहरू बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधान...

पुस १३ देखि हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने

मकवानपुर ।  हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १६ गतेसम्म चार दिन सडक खाना ...

पुस १३ देखि हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने

मकवानपुर ।  हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १६ गतेसम्म चार दिन सडक खाना ...

बागलुङमा १४ हजार आठ सय घरमा ‘एक घर, एक धारा’

बागलुङ । गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेक...

सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

सुनसरी ।  सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे । उनले रू एक लाखदेखि एक लाख ५० हजारको लागतम...

फोहोरलाई मोहर बनाउने बर्दिवासको योजना ७ बर्षपछि कार्यान्वयनमा

महोत्तरी । स्थानीय सरकार संचालन भएको सात बर्षपछी महोत्तरीको बर्दिवासमा फोहोर व्यवस्थापनको नया अध्याय सुरु भएको छ । अघिल्लो स्थानीय सरकारले फोहोरलाई...

राप्रपा केन्द्रिय कार्यसम्पादन बैठक आज पनि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।  अध्यक्ष राजेन्द्र लिङ्देन पेश गरेका छलफलका एजेण्डामा बह...

बाजुरालाई केन्द्र बनाएर ५.२ रेक्टरको भूकम्प

काठमाडौं  । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । ...

शनिबार देशभर माैसम सफा रहने

काठमाडौं  । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली,सुदूरपश्चिम र ग...

अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारीनै पक्राउ

रौतहट । रौतहट स्थित  अनुचित लेनदेन मिटरव्याजी  कारोवार गर्ने गरेको आरोपमा एकजना सरकारी सेवामा कार्यरत कर्मचारी लाई प्रहरीले विहिवार पक्राउ गरेका छन् ।...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy