बाँके । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल(भारत सीमा स्तम्भ हराएका छन् ।
बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए ।
“नदीनाला क्षेत्रमा रहेका पिल्लर हराएका छन् । अन्य केही जीर्ण अवस्थामा छन्”, सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भने, “हराएका पिल्लर प्रायः राप्ती नदी आसपासका छन्, बाढीले बगाएका ती पिल्लर पुनःनिर्माण हुन नसकेको हो ।”
नरैनापुर–१ हुलासपुर्वास्थित सीमा स्तम्भ जीर्ण भई भत्किने अवस्थामा छ । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा क्षेत्रमा ३२ मुख्य र दुई सय ७९ सहायक गरी तीन सय ११ सीमा स्तम्भ छन् । कुनै पनि सीमा स्तम्भको मर्मत र रंगरोगन गर्नका लागि नेपाल भारत दुवै देशको संयुक्त प्रतिनिधित्व चाहिन्छ । सीमा स्तम्भ नदीनालाले बगाएको वा ढलेको भए दुई देशको नापी विभागको संयुक्त टोली बिना केही गर्न नपाइने भएकाले सशस्त्र प्रहरी बलले सीमा स्तम्भको नियमित अनुगमन गरी सम्बन्धित निकायमा पठाउने गरेको प्रहरी उपरीक्षक डाँगीको भनाइ छ ।
दुई देशको संयुक्त निर्णयमा केही महिनाअघि सशस्त्र प्रहरीले ७१ सीमा स्तम्भ रङरोगन गरेको छ । सन् २०१४ यता बनेका एक सय ४० सीमा स्तम्भमध्ये नेपालले बिजोर नम्बर र भारतले जोर नम्बर भएका सीमा स्तम्भ रङरोगन गरेका छन् । दुई देशको संयुक्त टोलीले फाइनल गर्न बाँकी एक सय ७१ सीमा स्तम्भकोे मर्मत र रङरोगन हुन नसक्दा जीर्ण बनेका छन् ।
बाँकेको सीमा क्षेत्रमा भौतिक पूर्वाधार र आवश्यक जनशक्ति नहुँदा नेपालतर्फ सशस्त्र प्रहरीले सीमामा बाक्लो उपस्थिति जनाउन सकेको छैन । पैसठ्ठी किलोमिटरमा सशस्त्र प्रहरीले १० बोर्डर आउट पोष्ट ९बिओेपी० राखेर सुरक्षा दिइरहेको छ ।
भारततर्फ भने २३ बिओपी रहेका छन् । नेपालतर्फ जानकी गाउँपालिकाको साइगाउँमा एउटा बिओपी थप्ने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८१ - १७:०५
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा आज ११ दशमलव ६४ अङ्कको गिरावट देखिएको छ । बिहीबार नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार छ ...
माघ २४ गते, २०८१ - १६:५४
सुलीकोट । चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म मनास्लु क्षेत्रमा झण्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाका...
माघ २४ गते, २०८१ - १६:३५
काठमाडौं । मातृभूमि प्रति हुटहुटी जागेका साहित्यकार कवीन्द्र सिटौलाले १० लाख कविहरुको कविता संकलन गरेर विश्वकै विशाल कविता ग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर...
माघ २४ गते, २०८१ - १६:२२
काठमाडौं । गाजाबाट प्यालेस्टाइनी जनतालाइ अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा प्रति नेकपा माओवादीले असहमति प्रकट गरेको छ । नेकप...
माघ २४ गते, २०८१ - १६:१०
काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले ताप्लेजुङको पाथिभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग गरेका छन् । बिहीबा...
माघ २४ गते, २०८१ - १५:५९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताएको छन । बिहीबार...
माघ २४ गते, २०८१ - १५:४८
रातारात चोरबाटोबाट अध्यादेश ल्याउनु सरकारको नियत ठिक छैन
माघ २४ गते, २०८१ - १५:४२
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोंचका साथ सामाजिक सञ्जाल विधेयक...
माघ २४ गते, २०८१ - १४:४१
काठमाडौँ । सर्लाहीको बरहथवा–१० मा प्रेम विवाह गरेका एक जोडीमाथि झुटा मुद्दा लगाइएको जनाउँदै सांसदहरुले त्यसको निष्पक्ष छानबिन गर्न माग गरेको छन । प...
माघ २४ गते, २०८१ - १४:३२
काममाडौं । आन्दोलनरत आवासीय चिकित्सकको माग प्रति सरकार सकारात्मक बनेको छ । सरकारी चिकित्सक सहर सेवासुविधा माग गर्दै आन्दोलन गरिरहेका आवासीय चिकित्सकको...
प्रतिकृया लेख्नुहोस्: