Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

तीन सर्जकका तीन कृति लोकार्पण

खबरडबली संवाददाता
भक्तपुर । वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगसहित तीन सर्जकद्वारा लिखित तीन पुस्तक सार्वजनिक गरिएको छ । 
 
नयाँ वर्ष २०८१ सालको अवसर पारेर एकै साथ साहित्यकार ग्वंगद्वारा लिखित ‘संस्कृतिका आयाम’ निबन्ध सङ्ग्रह, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा लेखिएको ‘भिन्नभिन्न ताल र सुरका झङ्कारहरु’ निबन्ध सङ्ग्र्रह तथा साहित्यकार तथा पत्रकार जीतेन्द्र रसिकद्वारा लिखित र ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) सार्वजनिक गरिएको हो ।
 
समी साहित्य प्रतिष्ठानले सूर्यविनायकमा आयोजना गरेको तीन पुस्तक विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपाललगायत पुस्तकका लेखकले संयुक्तरुपमा कृति लोकार्पण गरे। 
 
कार्यक्रममा पूर्वकुलपति काइँलाले तिनै सर्जकको कृतिले नेपाली वाङ्मय क्षेत्रमा महत्वपूर्ण योगदान पु(याउने बताए। लेखक तथा वरिष्ठ संस्कृतिविद् ग्वंगःले लेखन र जीवनको अर्थबोधबारे चर्चा गरेको थिए।  लेखक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले आफूले लेखन कार्यलाई निरन्तरता दिएको बताउनुहुँदै निकट भविष्यमा आफ्नो जेल जीवनको संस्मरण प्रकाशित गर्ने बताए।
 
त्यस्तै लेखक जीतेन्द्र रसिकले तेजेश्वरबाबु ग्वंगः अधिक चेतनाको खानी भएको र जीवनी कृति यो युगको एक दस्तावेज भएको चर्चा गरे। कार्यक्रममा प्रा डा कुमार कोइराला, गीता त्रिपाठी र साहित्यकार गोपीकृष्ण ढुङ्गानाले तीनवटै पुस्तकको समीक्षा गरेको थिए ।
 
प्रतिष्ठानका कार्यकारी प्रमुख डोलिन्द्रप्रसाद शर्माले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सम्पदा क्षेत्रका कृति प्रकाशन गरी प्रतिष्ठानले नेपाली वाङ्मयमा योगदान दिन सक्रिय भएको बताए। उनले ‘समी साहित्य साधना सम्मान’ लगायतका सम्मान तथा पुरस्कार पनि छिट्टै घोषणा हुने बताए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: