Ntc summer Offer
Khabar Dabali १० असार २०८२ मंगलवार | 24th June, 2025 Tue
Investment bank

बजेट खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तरले खर्च बढ्ने अपेक्षा

खबरडबली संवाददाता

काठमाडौँ । अर्थ मन्त्रालयले खर्च हुन नसकेको आयोजनाबाट रकमान्तर गर्ने, कार्यक्रम संशोधन गर्ने र विविध शीर्षकबाट खर्च बढाउने नीति लिएको छ । 

अर्थमन्त्री वर्षमान पुनको सचिवालयका अनुसार पछिल्लो एक महिनामा मात्र सरकारी निकायबाट रु एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ । यस्तै रु दुई अर्ब ६३ करोड बराबरको कार्यक्रम संशोधन गरिएको छ भने विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट रु ३६ अर्ब ५० करोड खर्च गरिएको छ ।

बजेटको एउटा शीर्षकबाट अर्को शीर्षकमा पैसा पठाएर खर्च गर्ने काम रकमान्तर हो । एउटै शीर्षकभित्र बजेट परेका एउटा निकायबाट अर्को निकाय वा एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पैसा पठाएर खर्च गर्ने कामलाई कार्यक्रम संशोधन भनिन्छ । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनमा रकमान्तर, स्रोतान्तर र थप निकासाबाट खर्च गर्न पाउने व्यवस्था राखिएको छ । ऐनको उक्त व्यवस्थाभित्रै रहेर खर्च बढाउने प्रयास मन्त्रालयले गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

पछिल्लो एक महिना अवधिमा कुल रकमान्तर भएको रु एक अर्ब ६३ करोडमध्ये सबैभन्दा बढी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको छ । स्वास्थ्य मन्त्रालयमातहतका सरकारी निकायले रु ६४ करोड ४१ लाख बराबर रकमान्तर गरेका छन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ४८ करोड ८६ लाखको रकमान्तर गरेको छ ।

विभिन्न २८ स्थानीय तहका लागि पालिकाअन्तर्गत निर्माणाधीन आधारभूत अस्पतालको कार्यप्रगति तथा ‘मोबिलाइजेसन’ भुक्तानीको रकमान्तर गरिएको छ । उक्त शीर्षकमा रु ४९ करोड २४ लाख ३१ हजार खर्च भएको जनाइएको छ ।

छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र भत्ता भुक्तानी गर्न स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका लागि रु ३२ लाख रकमान्तर भएको छ । यस्तै मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यानसर रोगी र मेरूदण्ड पक्षघातका विरामीका लागि औषधि उपचार खर्चबापत मासिक रु पाँच हजारका दरले उपलब्ध गराइने रकम भुक्तानी गर्न रु १४ करोड ८५ लाख निकासा भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत महाकाली कोरिडोर ९ब्रम्हदेव–झुलाघाट–दार्चुला–टिङकर० अन्तर्गत विकास निर्माण निर्देशनालयका लागि रु ७० लाख रकमान्तर गरी खर्च भएको छ । सडक निर्माणको दायित्व प्राथमिकताको आधारमा भुक्तानी गर्न सडक डिभिजन, घोराही ९दाङ० लाई रु ९ करोड ४ लाख रकम निकासा दिइएको छ ।

उत्तर दक्षिण राजमार्ग ९कर्णाली, कालीगण्डकी र कोशी० का लागि करार सेवा शुल्क स्वीकृत दरबन्दीको करार कर्मचारीमा नपुग रकम रहेको रु दुई लाख ९६ हजार बराबर रकम पठाइएको छ ।

रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षणअन्तर्गतका कार्यालयहरूमा रु २५ करोड ९ लाख रकमान्तर भएको छ । तमोर कोरिडोर चतरा–मुलघाट–सुभाडखोला सडक योजना मुलघाट ९सुनसरी० का लागि रु १४ करोड निकासा गरिएको छ ।

मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई ऋण लगानी गर्नका लागि औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ऋण लगानी गर्न रु दुई करोड २४ लाख दिइएको छ ।

रक्षा मन्त्रालयमातहत जङ्गी अड्डा, सैनिक हवाई महा–निर्देशनालय, वीरेन्द्र अस्पताल ९पोष्ट एक्सीडेन्ट सेन्टर समेत० र राष्ट्रिय सेवा दलअन्तर्गतका कार्यक्रममा थपघट र रकमान्तर गरिएका छन् ।

स्थानीय तहहरूबाट खर्च हुने गरी स्वास्थ्य मन्त्रालयअन्तर्गतको एकीकृत स्वास्थ्य पुर्वाधार विकास कार्यक्रम अन्तर्गतको रु ५५ करोड ७२ लाखको कार्यक्रम संशोधन गरी रकम पठाइएको छ । कृषि विकास मन्त्रालयअन्तर्गतको पेशु सेवा विभागको आग्रहमा रु ४८ करोड बराबरको कार्यक्रम संशोधन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गतका रु ४५ करोड ४५ लाख तथा प्रदेशअन्तर्गतका  रु एक करोड ८१ लाखका कार्यक्रम संशोधन भएका छन् । नेपाल विद्युत् प्राधिकरणमा सरकारको ऋण लगानी रहने गरी रु एक अर्ब ६३ करोड १७ लाख निकासा गरिएको जनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद् जनताको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन सक्दैन: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलितरुपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबिचको सन्तुलत कायमका ल...

कावासोतीको बजेट एक अर्ब ६१ लाख ४४ हजार

मध्यविन्दु। कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । मंगलबार भएको १७ औँ नगर सभामा न...

मौलापुर नगरसभावाट ६१ करोडको बजेट, फ्रि बिजुली, फ्रि पानीलगायत लोकप्रिय कार्यक्रमले पायो निरन्तरता

असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत नीतिको कारण देशको सम्पूर्ण क्षेत्रको आर्थिक अवस्था धारासाहि भएर युवाह...

नेपालगन्ज उपमहानगरपालिकाद्धारा एक अर्ब ६४ करोडको बजेट प्रस्तुत

नेपालगन्ज । पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक २०८२/०८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको आय–व्यय प्रस्तुत ...

कोरोनाको नयाँ भेरिएन्टबाट एक महिलाको मृत्यु, सात जनाको उपचार

विराटनगर । इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार...

‘टेक एन्ड पे’ विवादमा बजेट बुँदा संशोधन, यस्तो छ अर्थमन्त्रीको नयाँ प्रस्ताव

काठमाडौं । सरकारले जलविद्युत्मा ‘टेक एन्ड पे’ विवादपछि बजेटको बुँदा संशोधन गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार प...

नेपालमा ११.६ प्रतिशत मात्रै बेरोजगार, अझै घटाउन सरकार प्रयत्नशिल छ: श्रम मन्त्री

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितत...

हेटौँडाले ल्यायो दुई अर्ब ९० करोडको बजेट

हेटौँडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि २ अर्ब ९० करोड तीन लाख १० हजार रुपियाँको बजेट प्...

अन्तिम दिनमा पनि नआउने भयो महानगरको बजेट, मेयर बालेन छलफलमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट आज नआउने भएको छ । कानुन अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र ल्याइसक्नुपर्छ। त्यस हिस...

आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अघि बढाइने : सञ्चारमन्त्री गुरुङ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासको आधार स्तम्भको रुपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending