स्याङ्जा । पञ्चायतकालमा बन्द भएको जनता पुस्तकालय सञ्चालनमा आएको छ । वालिङ नगरपालिका– १ ठाँटीमा विसं २०२७ मा स्थापना भएको जनता पुस्तकालय तत्कालीन पञ्चायती व्यवस्थाका कारण छ महिना नपुग्दै बन्द भएपछि हाल वडा कार्यालयको पहलमा सञ्चालनमा ल्याइएको हो ।
तत्कालीन समयमा प्रजातन्त्रका सेनानी सूर्यप्रसाद रेग्मीको पहलमा स्थापना भई पञ्चायती व्यवस्थाका कारण बन्द गराइएको पुस्तकालयलाई नयाँ वर्षका दिनबाट खहरेस्थित वडा कार्यालयमा सञ्चालनमा ल्याइएको वडाध्यक्ष पदमराज गुरुङले बताए ।
“तत्कालीन समयमा जनतालाई पञ्चायती शासन व्यवस्थाका बारेमा जानकारी दिनका लागि पुस्तकालयले महत्वपूर्ण भूमिका खेलेको थियो”, उनले भने, “तत्कालीन समयमा महत्वपूर्ण भूमिका खेलेको पुस्तकालयको महत्त्व अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको ठानी पुस्तकालयलाई ब्यूँताएका छौं ।”
पुस्तकालयमा विभिन्न सङ्घ संस्था तथा दाताले उपलब्ध गराएका शैक्षिक, धार्मिक, सामाजिक, नैतिक शिक्षा, कानुनसम्बन्धी तथा प्राविधिक धारका विषयका पुस्तक राखिएका छन् । “अहिले वडा कार्यालयको एउटा कोठामा राखेर सुरुआत गरेका छौंँ”, उनले भने,“पुस्तकालयको जग्गा रहेकाले अब छिट्टै भवन निर्माण गर्ने र नयाँ पुस्तक थप गर्नका लागि दाताहरुसँग समन्वय भइरहेको छ ।”
पुस्तकालयलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने उनले बताए । नागरिकमा पढ्ने बानीको विकास गर्नका लागि पनि पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख कृष्ण खाणले बताए । विसं २०२७ मा स्थापना भई बन्द भएको पुस्तकालय ढिलै भए पनि सञ्चालनमा ल्याइएको नगर प्रमुख खाणले बताए ।
“तत्कालीन समयमा जनतालाई सुसूचित गराउनका लागि स्थापना भएको पुस्तकालय लामो समय टिक्न सकेन”, उनले भने, “पञ्चायती व्यवस्थाका कारण बन्द गराइएको पुस्तकालय पुनः सञ्चालनमा आएको छ, अब यसको निरन्तरताका लागि नगरपालिकाले आवश्यक सहयोग गर्छ ।”
पुस्तकालयलाई व्यवस्थित बनाउन पुस्तक थप गर्ने र पुस्तकालय भवन निर्माण कार्यका लागि नगरपालिका प्रतिबद्ध रहेको उनले बताए । ‘एक वडा, एक पुस्तकालय’ निर्माण गर्न आगामी आर्थिक वर्षमा नीति, कार्यक्रम र बजेटको समेत व्यवस्था गर्ने तयारीमा नगरपालिका रहेको छ ।
जनतालाई ज्ञान सूचना तथा शिक्षा दिने उद्देश्यसहित स्थापित पुस्तकालय लामो समय बन्द भई पुनः सञ्चालनमा आएसँगै स्थानीय खुसी छन् । अब यसको निरन्तरता तथा दीगोपना आवश्यक रहेको भन्दै फुर्सदका समयमा पुस्तकालयमा आई पढ्ने बानीको विकासमा सहयोग पुग्ने विश्वास स्थानीयले गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: