काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार) छेडिने (ब्रेक थ्रू) भएको छ ।
नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएकाे जानकारीअनुसार सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने जनाइएको छ ।
चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।
आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो ।
आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।
त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १० गते, २०८२ - २०:४०
काठमाडौं । यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगु सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी ...
जेष्ठ १० गते, २०८२ - २०:३७
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा करेन्ट लागेर १० ओटा पशु चौपाया मरेका छन् । शुक्रबार दिउँसो थिङलाबुको थुङथापस्थित खुवागुमा करेन्ट लागेर स...
जेष्ठ १० गते, २०८२ - २०:१९
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यहाँ उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण गर्ने उद्देश्यले कृषि एम्बुलेन्...
जेष्ठ १० गते, २०८२ - २०:०८
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका १३ जना कर्मचारीको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीवार नासु र कम्प्युटर अपरेटरहर...
जेष्ठ १० गते, २०८२ - २०:०५
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी नागरिकहरू (विद्यार्थी सङ्ख्याको एक चौथाइभन्दा बढी) भर्ना गर्ने अधि...
जेष्ठ १० गते, २०८२ - २०:०१
टोकियो । जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ । मुद्रा स्फीतिका कारण चामलको मूल्य अघिल्लो वर्षको तुलनामा दोब्बर भएको सरकार...
जेष्ठ १० गते, २०८२ - १९:५४
काठमाडौं । मातृभाषा पत्रकारिताले भाषाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवालाले बताएका छन् । भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भा...
जेष्ठ १० गते, २०८२ - १९:४५
काठमाडौं । लागु औषध देशको साझा समस्याको रुपमा आएको भन्दै न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुनपर्ने बताएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपा...
जेष्ठ १० गते, २०८२ - १९:३८
बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले मालपोत कार्यालय कोहलपुरमा कार्यरत एक कर्मचारीलाई २० हजार रुपिया...
जेष्ठ १० गते, २०८२ - १९:३०
काठमाडाैं । चालू आर्थिक वर्षको १० महिनाकाे अवधिमा प्रहरीले १९ हजार १०९ जना फरार अपराधी पक्राउ गरेकाे छ । उनीहरूबाट एक अर्ब २० कराेड ६६ लाख बिगाे अ...
प्रतिकृया लेख्नुहोस्: