Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

निजामती सेवासम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र

खबरडबली संवाददाता

जनकपुरधाम । जनकपुरका प्रमुख राजनीतिक व्यक्तित्वहरुले हाल संघीय संसदमा विचाराधीन रहेको निजामती सेवा सम्बन्धी विधेयक एकात्मक राज्य चरित्रको कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र भन्दै कडा बिरोध गरेका छन् ।

सोमबार नेपाल पत्रकार महासंघ, धनुषामा पत्रकार सम्मेलन गरी वहाँहरुले नेपालको संविधानमा रहेको शक्तिको बाँडफाँड र अनुसूची ६ मा निजामती कर्मचारीको सम्बन्धमा प्रदेशलाई दिइएको अधिकार  सम्बन्धी धाराहरु १०९, २३१ को (३), ३०४ को व्यवस्था र अन्तर्भाव को ठाडो उल्लंघन हो बताएका छन् । बिरोध गर्नेहरुमा तराई-मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष  वृषेश चन्द्र लाल, नेपाली काँग्रेसका नेता र मधेश प्रदेश सभा सदस्य रामसरोज यादव तमलोपाका वरिष्ठ नेता संविधान सभा सदस्य डा. विजय कुमार सिंह, नेकपा(ए.समाजवादी)का नेता संविधान सभा सदस्य शीतल झा, वामपन्थी बुद्धिजीवी रोशन जनकपुरी तथा नेपाली काँग्रेसका नेता जीवनाथ चौधरी छन् ।

तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले संविधान, संघीयताको मर्म र भावना विपरित विपरित संघीय, प्रादेशिक, पालिकाको प्रशासनिक व्यवस्थाको केन्द्रीकरण गर्ने षडयन्त्र रचिएको बताउँदै यस विधेयकले कर्मचारी तन्त्रमा हुनु पर्ने वांछित परिवर्तन असम्भव हुने ठोकुवा गरे । लालले यसबारे संघीयता र समावेशितावादी किन मौन छन् भन्ने प्रश्न उठाउँदै मधेश, थरुहट र पछाडि पारिएकाहरुको तर्फबाट प्रतिनिधित्व गर्नेहरू जनताप्रति गद्दारी गरिरहेको आरोप लगाए ।

त्यस्तै प्रदेशसभा सदस्य राम सरोज यादवले विधेयकको दफा ३ मा सम्पूर्ण निजामती सेवाको केन्द्रीय निकाय संघीय मन्त्रालय हुने भनेको प्रावधान प्रदैसको अधिकारको उल्लंघन हो भन्दै प्रदेशका मुख्य सचिव संघीय निजामती सेवाबाट आउने र सचिव पनि १० वर्षसम्म प्रदेशले नियुक्त गर्न नपाउने साजिश हो भन्दै यसले स्वशासनको सम्पूर्ण धारणा नै तोड्ने कार्य गर्दछ बाताए ।

संविधान सभा सदस्य डा. विजय कुमार सिंहले प्रवेश बिन्दुमै धूर्ततापूर्ण षडयन्त्र गरिएको टिप्पणी गरे ।  उनले एउटा समूहको लागीको सीट प्रतिस्पर्धामा आउन नसकेको बहानामा पुनः अन्यमा फर्काउने प्रावधान वर्तमान एकल चरित्रलाई बनाइराख्ने जुक्ति भएको बताए । आरक्षण विशेषाधिकार हो त्यसकारण समूहको आरक्षित सीट सदैव त्यसै समूहमा रहनु पर्दछ र त्यसमा उतीर्ण हुने न्यूनतम अंक घटाएर समावेशितालाई प्रभावकारी बनाउनुपर्ने उनको धारणा थियो ।

वामपन्थी बुद्धिजीवी र विश्लेषक रोशन जनकपुरीले कर्मचारीतन्त्रलाई स्थायी सरकार बताउँदै देश ब्रष्टाचारमा चुर्लिम्म डुबिनुमा भ्रष्ट कर्मचारीतन्त्र हुनु प्रमुख कारण रहेको बताए । उनले यस विधेयकले केन्द्रीय पकड रही रहने र कर्मचारीतन्त्रमा कुनै मौलिक परिवर्तन नगरेको बताए ।

उनीहरुले निजामती सेवा सम्बन्धी वर्त्तमान विधेयक फिर्ता लिई सर्वपक्षीय संयन्त्र निर्माण गरी प्रशासनिक संरचनाका विज्ञहरुसंग परामर्शल लीई संविधानको व्यवस्था, संघीयता, समावेशिताका भावना र मर्म आधारित कर्मचारीतन्त्र निर्माणको निमित्त नयाँ विधेयक ल्याउन माग गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दशैँले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका सं...

न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले न्यूजील्याण्डविरुद्ध खेल...

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइ दिने भएका छन...

दशैंको टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि केके गर्ने ?

काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ...

आज दशैं टीका, कुन देशमा कुन समयमा छ साइत ?

काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई...

नोएल टाटा बने टाटा ट्रस्टको नयाँ अध्यक्ष

काठमाडौं ।  नोएल टाटा टाटा ट्रस्टको नयाँ अध्यक्ष बन्ने  भएका छन् । रतन टाटाको निधनपछि ६७ वर्षीय नोएललाई ट्रस्टको जिम्मेवारी पाएका हुन् ।  नोएल रतनक...

दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

काठमाडौं । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्...

कोशीको पहाडी भूभागमा टीकाको दिन पानी पर्ने

काठमाडौं । दसैंको टीकाको दिन शनिबार कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली ...

गायक सुगम पोखरेलकाे बाल्यकालकाे दशैं

छाताको करङमा मासु पोलेको सम्झना अहिले पनि आइरहन्छ

पुल नहुँदा सँधै कष्टकर हुने यात्रा दसैँमा झन बिजोग

तनहुँ । पृथ्वी राजमार्गको वैकल्पिक रुपमा रहको  बुद्धसिंह मार्गको तीन स्थानमा खोलामा पानीको प्रवाह धेरै हुँदा दसैँको समयमा यात्रुलाई आवत जावतको समस्या ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy