काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताएका छन् ।
विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उनले विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताए ।
“देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरूरी छ”, अध्यक्ष दाहालले भनेका छन्, “यसले हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्दछ ।”
पूर्वप्रधानमन्त्री दाहालले दशैँ पर्वलाई वर्षभरिको सबैभन्दा ठूलो उत्सव एवं पारिवारिक र सामाजिक पुनःमिलनको महत्वपूर्ण अवसरका रूपमा खुसियालीपूर्वक मनाउन सबैमा अपील गरेका छन् ।
विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मेलमिलाप एवं सहकार्यका निम्ति महत्वपूर्ण योगदान गर्दै आएको जनाउँदै अध्यक्ष दाहालले विश्व परिवेशमा सामाजिक पुनःमिलनको सबैभन्दा ठूलो उत्सव एवं अवसरका रूपमा समेत दसैँ स्थापित हुँदै आएको बताए ।
दशैँको पूर्वसन्ध्यामा आएको बाढीपहिरो र त्यसले निम्त्याएको भयानक विपत्तिबाट सिङ्गो देश आक्रान्त बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रभावित नागरिकलाई यथाशीघ्र राहत र पुनःस्थापना प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
पीडा र चुनौतीको बीचमा पनि धैर्यतापूर्वक विपत्तिको सामना गर्नुबाहेक अर्को विकल्प छैन भन्दै उनले भनेका छन्, “प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनमा राहतको व्यवस्था, घरबारबिहीन नागरिकलाई पुनःस्थापना एवं पुनःवास, क्षति भएको सम्पत्तिको उचित क्षतिपूर्ति, जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण, भत्किएका सडक, पुल लगायतका संरचनाहरूको पुनःनिर्माणमा तीव्रता दिएर आम जनतालाई देशमा सरकार भएको अनुभूति गराउनसमेत म नेपाल सरकारलाई पुनःस्मरण गराउन चाहन्छु ।”
अध्यक्ष दाहालले विजयदशमी २०८१ ले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनःमिलन एवं सङ्कटपूर्ण परिस्थितिको सामनासहित शोकलाई शक्तिमा बदल्न थप प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १७:००
हेटौंडा । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई -साम्पाङ) ले जनतालाई घरबाहर वीहिन नब...
बैशाख २६ गते, २०८३ - ०९:००
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज सााम्पाङले सरकारप्रति कडा आलोचना गर्दै जिबिराईलाई खोजेर ल्याउन नसक्नु सरकारको असफलताको संकेत भएको टि...
बैशाख २६ गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा तरकारी, फलफूल तथा अन्य ...
बैशाख २६ गते, २०८३ - ०८:५१
काठमाडौं । भारतको गोवामा हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टोली हाल काठमाडौंमा निरन्तर प्रशिक्षणमा व्यस्त छ। लामो ...
बैशाख २६ गते, २०८३ - ०८:४८
भक्तपुर । बल्खु, शङ्खमुललगायत क्षेत्रका सुकुम्वासी बस्ती हटाइएपछि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्...
बैशाख २६ गते, २०८३ - ०८:४५
तेह्रथुम । बिहानैदेखि म्याङलुङ बजार र आसपासका गाउँमा तानको ताल गुञ्जिन थाल्छ। रङ्गीचङ्गी धागोमा बुट्टा भर्दै महिलाहरू व्यस्त छन्। यही परम्परागत सीप अह...
बैशाख २६ गते, २०८३ - ०८:४४
बागलुङ । बागलुङका केही पालिकाहरूले अझै आफ्नै प्रशासनिक भवन बनाउन नसक्दा भाडाकै घरबाट सेवा दिनुपर्ने बाध्यता कायम छ। स्थानीय तह गठन भएको नौ वर्ष बितिसक...
बैशाख २६ गते, २०८३ - ०८:१५
झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको ...
बैशाख २६ गते, २०८३ - ०८:०७
लमजुङ । लमजुङका किसानहरूले यस वर्ष व्यावसायिक आलु खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा गरिएको खेतीबाट जिल्लामा करिब दुई...
बैशाख २६ गते, २०८३ - ०८:०५
काठमाडौं । “पसलमा काम गरेर जम्मा गरेको पैसा थियो, अहिले पैसा पनि गयो, काम पनि छुट्यो ।” खुसी बचत तथा ऋण सहकारीका पीडित सुशील थापाको यो पीडा हजारौँ सहक...


प्रतिकृया लेख्नुहोस्: