चौतारा । सिन्धुपाल्चोकमा विभिन्न समयमा आएका प्राकृतिक विपत्तिका घटनामा परेका ५८ परिवारको निजी आवास पुनःनिमाण सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालयका विपद् ‘फोकल पर्सन’ रविराज धितालका अनुसार चार सय ८१ परिवारले भने जग्गा खरिदसमेत गरेका छन् । उनीहरूले सरकारी अनुदानबापतको अन्तिम किस्ता रु दुई लाखसमेत गरी कूल रु पाँच लाख भुक्तानी लिएका हुन् ।
कूल एक हजार दुई सय ५४ लाभग्राहीले पुनःनिर्माणका लागि सम्झौता गरेकामा एक हजार आठ परिवारले पहिलो किस्ताबापतको रु ५० हजार प्राप्त गरेका छन् । एक सय ८८ परिवारले भने दोस्रो किस्ताबापतको रु दुई लाख ५० हजार प्राप्त गरेका हुन् ।
जग्गा खरिदका लागि चार सय ८१ परिवारले प्रतिपरिवार रु तीन लाखका दरले कूल रु १४ करोड ४३ लाख लिएका छन् । यसरी स्थायी आवास निर्माण किस्ताबापत वितरण गरेको कूल रकम रु २६ करोड ५६ लाख रहेको धितालले बताए ।
अस्थायी आवास निर्माणका लागिसमेत सरकारले प्रतिपरिवार रु ५० हजार दिनेछ । यसअन्तर्गतसमेत जिल्लामा सात सय ६७ परिवारले पहिलो किस्ताका रुपमा २५ हजार र एक सय ११ परिवारले अन्तिम किस्ताका रुपमा रु २५ हजार प्राप्त गरेका छन् । गत चैत मसान्तसम्म अस्थायी आवास निर्माणका लागि जिल्लामा रु दुई करोड १९ लाख ५० हजार खर्च भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - ०९:३३
रामेछाप । रामेछापको मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षका भए । उनको मुख्य पेसा मादल बनाउने हो । उनीसँग सम्पत्तिका नाममा जम्मा दुई ...
मंसिर १० गते, २०८१ - ०९:२५
कम्बोडिया । पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँ...
मंसिर १० गते, २०८१ - ०९:१७
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना-६ स्थित नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँ...
मंसिर १० गते, २०८१ - ०८:३०
कञ्चनपुर । जंगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन्। घरभित्र रा...
मंसिर १० गते, २०८१ - ०८:२६
मनाङ । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन्। यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन्। उचाइअनुसार नै यस क्षेत्रका नदी...
मंसिर १० गते, २०८१ - ०८:०७
म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला ...
मंसिर १० गते, २०८१ - ०७:४९
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराई प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित हुने भएका छन् । चीन भ्रमणको तय...
मंसिर १० गते, २०८१ - ०७:३५
काठमाडौँ । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डिआइजी) बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समि...
मंसिर १० गते, २०८१ - ०७:२९
काठमाडौं । आसन्न चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाई आज छलफलमा बोलाएका छन्। प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री...
मंसिर १० गते, २०८१ - ०७:१९
ढोरपाटन । चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छ...
प्रतिकृया लेख्नुहोस्: