Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

मेयरसहित कर्मचारी भारत भ्रमणमा जादा सेवाग्राही मारमा

खबरडबली संवाददाता

रौतहट। जिल्लाको गरुडा नगरपालिकाका मेयरसहित ३० जनाको टोली भारत भ्रमणमा हिँडेपछि नगरपालिकाको दैनिक कामकाजमा समस्या उत्पन्न भएको स्थानीयको गुनासो रहेको छ ।

मेयर कन्थमणी प्रसाद कलवार, उपप्रमुख पुनम कुमारी चौधरी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर परिषद सदस्यहरु सहितका तीन दर्जनको जम्बो टोली भ्रमण हिँडेपछि दैनिक कामकाजमा समस्या भएको गरुडाका सेवाग्राही दीनानाथ सहनीले गुनासो गरे ।

जनप्रतिनिधिहरु नै नगरपालिका र वडा कार्यालयमा नभएपछि सेवा प्रवाहमा समस्या भएको उनको भनाई रहेको छ । रोचक कुरा त के छ भने सो नगरपालिकाका मेयर बिरुद्ध आन्दोलनमा उत्रेकी उप मेयर समेत समेत हिसाव किताव मिलेपछि मेयर संगै धार्मिक भ्रमणमा निस्केकी हुन ।

उप मेयर पुनम कुमारी चौकरीले मेयरले नगरपालिकाको रकम हिनामिना गरेको भन्दै केही समय पहिला नगरपालिकाको मुल गेटमा ताला लगाएर धर्नामा बसेकी थिईन ।

अहिले नगरपालिकाका सबै जनप्रतिनिधि धार्मीक भ्रमणको नाममा झोलितुम्बा बोकेर भारत तिर लागेपछि अहिले गरुडा नगरपालिकाको कार्यालय सुनशान देखिएको छ । यहाँका जनप्रतिनिधि र कर्मचारी भ्रमणका लागि जिल्ला बाहिर मात्र नभई छिमेकी मुलुक भारतमा पुगेका छन् । उनीहरु तिर्थयात्रा भनि भारतको हरीद्धार , अयोध्या लगायतका ठाउमा तिर्थ भ्रमणमा पुग्ने योजना रहेको भ्रमण दलका एक सदस्यले बताए ।

नगरपालिकाका जनप्रतिनिधि सहित कर्मचारी र सदस्यहरुको टोली भ्रमणमा गएको हो । टोली नै एकैपटक भ्रमणमा निस्किएपछि नगरपालिकाको दैनिक काम प्रभावित भएको छ । नगरपालिकामा विभिन्न कामले आउने सेवाग्राही यतीबेला नगरपालिकाबाट रित्तो हात फर्कन बाध्य भएकाछन् ।

जनप्रतिनिधि नभएपछि नगरपालिकाको प्रबिधिक, स्वास्थ्य, कृषि, पशु, सामाजिक सुरक्षा, महिला विकास लगायत शाखाका कर्मचारीहरु समेत मोबाईल चलाएर दिन बिताउदै देखिन्छन् । अहिले नगर प्रमुख कलवार सहितका टोली भारत पुगेका छन् ।

गरुडा नगरपालिका प्रमुख कन्थमणी कलवार सहित नगरको टोली भारतको बिभिन्न धार्मिक तिर्थस्थल भ्रमणका लागि ६ लाख खर्च गरेर भारतको अयोध्यासम्म पुग्न लागेको स्रोतको भनाई रहेको छ । राम नवमी पर्ब परेर नगरप्रमुख कलवारले कार्यपलिकाका असन्तुष्ट पक्षलाई तिर्थस्थलको भ्रमण गराएर खुशी पार्न खोजेको आरोप स्थानियको रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएक...

‘सुस्वा’ अन्तर्गतका योजना प्रभावकारी बनाउन अन्तरक्रिया

सल्यान  । फिनल्यान्ड राजदुतावासका विशेष सल्लाहकार नेतृत्वको टोली र सल्यानको छत्रेश्वरी गाउँपालिकाका पदाधिकारी विच खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक...

सल्यानको लेखपोखरामा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

सल्यान । सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र व...

सूचना प्रविधि आर्थिक समृद्धिको नयाँ र उदीयमान क्षेत्रः मन्त्री शर्मा

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको रुपमा लामो समयदेखि कृषि, जलस्रोत र पर्यटनलाई लिंइदै आएकोमा अ...

बलम्बुमा सडकमा पार्किङ गरी राखेको बसमा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्य...

३५ हजार ६११ मत गणना हुँदा रास्वपाले कटायो २ हजार

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणना जारी रहेको छ । हालसम्म इलाममा ३५ हजार ६११ मत गणना भएको छ ।  ३५ हजार ६११ मत गणना हुँदा  एमाले उम्मेदवा...

इलाममा एमालेका सुहाङको निरन्तर अग्रता, करिब ५ हजार मतान्तरले अगाडि

इलाम  । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहत अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको...

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियबीच व्यवसायिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको ...

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’

रामेछाप ।  जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओ...

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप  । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies