Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

प्रहरी र सरकारी वकिलबाट उन्मुक्ति पाउँदै महेश बस्नेत

खबरडबली संवाददाता

 काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध परेको जबरजस्ती करणी आरोपको किटानी जाहेरीमाथि अनुसन्धान नगर्ने भएको छ ।

प्रारम्भिक अनुसन्धानमा जाहेरीअनुसार तथ्य नमिलेको भन्दै पछि खुलेका बेला अनुसन्धान अघि बढाउने गरी जाहेरी तामेलीमा राख्न काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो ।

सरकारी वकिल कार्यालय स्रोतका अनुसार, काठमाडौं प्रहरीले गरेको सिफारिस अनुसार जाहेरीलाई तामेलीमा राख्ने निर्णय भइसकेको छ । ‘प्रथम दृष्टिमा जाहेरीमा भनिएजस्तो देखिएन भन्ने प्रहरीको भनाइ रहेको स्रोतले बतायो  । अनुसन्धान अधिकृतको सिफारिस अनुसारको निर्णय सरकारी वकिलबाट भएकोस्रोतको भनाइ छ ।

बस्नेतविरुद्ध पीडित भनिएकी महिलाले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी दिएकी थिइन् । सरकारी वकिलले अनुसन्धान गर्न भन्दै उक्त जाहेरी जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको थियो । तर, प्रहरीले अनुसन्धानका क्रममा जाहेरीमा भनिएअनुसार जबरजस्ती करणीमा संलग्न भएको आधारहरु नभेटिएको भनेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, सरकारी वकिल र प्रहरीबीच छलफलपछि जाहेरीमा प्रस्तुत विषयहरु तथ्यसंगत नदेखिएपछि तामेलीमा राख्ने निर्णय भएको हो ।

कानूनी रुपमा अघि बढ्नलाई तत्काल प्रस्तुत प्रमाणले पुग्दैन भन्ने निष्कर्ष ररेकोले पछि कुनै प्रमाण देखिए त्यही अनुसार हुने गरी तामेलीमा राख्ने निर्णय भएको प्रहरी प्रमुख एसएसपी खत्रीले बताए । सरकारी वकिलको कार्यालयबाट यो निर्णय भएको उनको भनाएइ छ ।

पीडितले केही वर्षयता आफूहरु प्रेम सम्बन्धमा रहेपनि पछि बस्नेतले झुक्याएर बलात्कार र गर्भपतन गराएको जिकिरसहित किटानी जाहेरी दिएकी थिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

काठमाडौं। स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी...

सुदूरपश्चिममा नाउपाकी थापा बनिन् मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले मंगलबार नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था क...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट  पार्टी (एमाले)लाई उत्साहित तुल्याएको छ । प्रतिनिधिसभा र...

मलाई मत दिएबापत कहिल्यै पनि पछुताउनुपर्ने छैन- सुहाङ नेम्वाङ

काठमाडौं। इलाम-२ बाट चुनाव जितेपछि नेकपा एमालेका सुहाङ नेम्वाङले आफुलाई मत दिएबापत कहिल्यै पनि पछुताउनु नपर्ने बताएका छन्। सामाजिक सञ्जालमा एक सन्द...

सानै उमेरमा सुहाङको अधिवक्तादेखि सांसदसम्मकाे यात्रा

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी ...

बिदेशी नागरीकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ४ सनासामा एक जना बिदेशी नागरीकको मृत्यु भएको छ । राहदानी नम्बर  X2744600 भएकी ३६ वर्षिया MARI...

सौतेनी आमाको हत्या आरोपमा छोरा पक्राउ

इलाम ।  इलामको माई नगरपालिका २ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ बर्षिय सन्देश दियाली र...

लोपोन्मुख लुलु गाई हत्या आरोपमा तीन जना पक्राउ

मनाङ । मनाङमा  लुलु गाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प...

सुनसरी र खोटाङबाट अबैध लागुऔषध सहित ४ जनापक्राउ

काठमाडौं  ।  सुनसरी र खोटाङबाट अबैध लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका-३ का ३५ बर्षिय सुजिल राई र पछाडी स...

उदयपुरमा डढेलोले तीन सय हेक्टर वनमा क्षति

उदयपुर ।  केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies