काठमाडौं। स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
यस सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका छन्।
उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ।
यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्ने रहेको छ ।
स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
नेपाल स्थित स्विट्जरल्याण्डको दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठुलो बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गरेको छ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन्।
ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८१ - २२:४०
काठमाडौं । मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका एक-...
जेष्ठ ७ गते, २०८१ - २२:१७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् । सोमवार बेपत्ता योद्धा समाज परिवार...
जेष्ठ ७ गते, २०८१ - २२:०७
विराटनगर । मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियर ओभरसियरको मृत्यु भएको छ । विराटचोक–घिनाघा...
जेष्ठ ७ गते, २०८१ - १४:२५
काठमाडौं । सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दैलेखबाट सुर्खेत जाँदै गरेको ०२ ००१ ख ०८५२ नम्बरको बस वीरेन्द्रनगर नगरपालिका–७स्थित ...
जेष्ठ ७ गते, २०८१ - १४:१७
काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् । सोमबार दिउँसो बसेको विपक्...
जेष्ठ ७ गते, २०८१ - १३:५१
काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । सोमबार प्रतिन...
जेष्ठ ७ गते, २०८१ - १३:४६
सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमा...
जेष्ठ ७ गते, २०८१ - १३:४४
कञ्चनपुर । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने कार्य हुन ...
जेष्ठ ७ गते, २०८१ - १३:२१
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको बताएका छन् । स...
जेष्ठ ७ गते, २०८१ - १३:१५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले याे पटकसमेत चौथो पटक विश्वासको मत पाएका ...
प्रतिकृया लेख्नुहोस्: