दाङ । सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ ।
इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरीक्षक नवीन थापा मगरले दिनुभएको जानकारीअनुसार तुलसीपुर उपमहानगरपालिका–४ का ४६ वर्षीय विष्णु विक, रुकुम त्रिवेणी गाउँपालिका–२ का २२ वर्षीय चित्रा पुन, निजका ६ वर्षीय छोरा रमेश पुन मगर र तुलसीपुर–१९ बिजौरीका २९ वर्षीय कृष्ण चौधरीलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको हो ।
चारै जनालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि रेफर गरिएको प्रहरी निरीक्षक मगरले जानकारी दिए। उनका अनुसार अन्य १० जना घाइतेको थारमारे प्राथमिक केन्द्र तथा स्थानीय पोलिक क्लिनिकमा उपचार भइरहेको छ ।
दाङको घोराहीबाट पूर्वी रुकुमतर्फ गइरहेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका–२ ठिङबाङ खोलामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी २२ जना घाइते भएका थिए । घाइतेमध्ये आठजनाको अवस्था सामान्य रहेकाले दुर्घटनालगत्तै उनीहरु घर फर्किसकेकाले सल्यान प्रहरीले यसअघि १४ जना घाइते भएको विवरण सार्वजनिक गरेको थियो । बस अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: