Ntc summer Offer
Khabar Dabali १२ माघ २०८१ शनिबार | 25th January, 2025 Sat
Investment bank

हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

खबरडबली संवाददाता

दाङ । पछिल्लाे समय  दाङका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् ।

हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता चौधरी बताउँछिन् । हस्तकलासम्बन्धी मेरी हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला, संस्कृतिको संरक्षणसँगै आफूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताइन् ।  

हस्ताकलाका सामग्री उत्पादन गरेर आम्दानी गर्दै आएकी चौधरीले भनिन्, “हस्तकलासम्बन्धी काम गर्दा हराउँदै गएको सीपको संरक्षणसँगै व्यवसायबाट आम्दानी हुने गरेको छ ।” उनका अनुसार थारू समुदायसँग सम्बन्धित हस्तकलाका सामग्री खपत राम्रो हुने भएकाले बनाउन सके महिनामा रु १५–२० हजार सजिलै कमाउन सकिन्छ ।

हस्तकला व्यवसाय नगर्दा घरको काम सकेर फुर्सदिलो भएर बस्नुपर्ने भए पनि काम सुरु गरेपछि पछिल्लो समय फुर्सद नहुने गरेको बताइन् । उनले भनिन्, “घरमा काम नहुँदा पहिले दिनभर गफगाफसँगै टिभी, मोबाइल हेरेर समय बित्थ्यो, अहिले कामले गर्दा फुर्सद हुँदैन ।”

उनले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरी, ट्रेलगायतका सामग्री बनाउँदै आउनुभएको छ । सरिताजस्तै सुमित्रा चौधरी पनि हस्तकलाका सामग्री उत्पादन गरी आम्दानी गर्दै आएकी छन् । तीन वर्षअघि सीप सिकेर हस्ताकलाका सामग्री उत्पादनमा लाग्नुभएकी सुमित्राले महिनामा रु २० हजारसम्म कमाउने गरेको बताइन् ।

घरको काम गरेर बचेको फुर्सदको समयमा आफूले सामग्री बनाएर बिक्री गर्ने गरेको बताबताउँदै उनले भनिन्, “घरको कामसँगै हस्तकलाका सामग्री उत्पादन गर्नुपर्ने भएकाले धेरै समय मिल्दैन । सामग्री उत्पादनमा मात्रै लाग्नुभएका महिलाले महिनामा रु ३० हजारसम्म कमाउने गर्नुभएको छ ।” 

उनका अनुसार महिलाहरुले काठमाडौँमा धेरै बिक्री हुने सामग्री मागअनुसार उत्पादन गर्दै आएका छन्  ।      
   
 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आकाशमा उडिरहेको नेपालको राजनीति धर्तीमा ल्याउन जरुरी छः विप्लव

पर्सा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति हाल आकाशमा उडिरहेकाले यसलाई धर्तीमा ल्याउन जरुरी रहेको बताएका छन् ...

प्रेम विवाह गर्न भागेका लोकेन्द्र र सपना मृत भेटिए

रुकुम पश्चिम । रुकुम पश्चिममा विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत भेटिएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र ...

प्रचण्ड र माधवले सरकारलाई दलाल भनेकोप्रति वामदेवकोे आपत्ति

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

आगलागीमा परेर एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।  धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङ बस्ने ५२ वर्षीय श्याम प्रसाद दाहालको दाहाल फर्न...

अखिल (क्रान्तिकारी)को मतगणना आजै हुने

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। बिहान ९ बजेदेखि सुरू भएको ...

रौतहट प्रहरी द्वारा एकैदिनमा १७ जना प्रतिवादी पक्राउ

रौतहट  । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ गरेको छ। जिल्ला अदालत बाट दोषी ठहर भएर दण्ड सजाय...

सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुने सञ्चारमन्त्रीको दाबी

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुन...

अखिल (क्रान्तिकारी) मा प्रचण्डको आश्वासन पाएकाहरु ‘हेडक्वार्टर’ को साथ रहेकोमा ढुक्क

अध्यक्ष र महासचिवका एक–एकजनाको उमेदवारी फिर्ता

देशका विभिन्न स्थानमा चार जनाको शव फेला

काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। कास्कीको पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क भित्र सोही महानगरपालिका-१५ ठुली मजुवा घर ...

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७ः०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो। ३.८ म्याग्निच्युडको भूकम्प...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy