Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पाकिस्तानमा वर्षाका कारण थप चारको मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । पाकिस्तानको खैबरपख्तुनख्वा (केपी) मा लगातार भारी वर्षाका कारण उत्पन्न विपद्का घटनामा थप चार जनाको ज्यान गएको छ । 

योसँगै हालसम्म प्रान्तमा वर्षाको कारण मृतकको सङ्ख्या २५ पुगेको अधिकारीहरूलाई उद्धृत गर्दै ‘डन समाचारपत्र’ले जनाएको छ । साङ्ला र चारसद्दा जिल्लामा मौसमी प्रतिकूलताले हताहतका घटनाहरू भएका छन्,   जसले विगत केही दिनदेखि लगातार भारी वर्षाका साथै आँधीबेहरी आइ थप विनाश गरेको छ ।

केपी प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले अप्रिल १२ देखि मृतकको सङ्ख्या २१ पुगेको जनाएको छ  । घाइतेको सङ्ख्या पनि बढेर ३२ पुगेको छ ।
उद्धार–११२२ टोली का प्रवक्ता बिलाल अहमद फैजीले चारसद्दाको सबकदरमा घर क्षति भएपछि दुई बालबालिकाको ज्यान गएको पुष्टि गरे । 

त्यसैगरी, साङ्लाका उपायुक्त जियाउर रहमानले सोमबार राति साङ्लामा दुई जनाको मृत्यु भएको जानकारी दिए । जहाँ अलपुरीको देहराई क्षेत्रमा आकस्मिक बाढीमा आमा र बच्चा बगाएको छ । यी नयाँ हताहतहरूसँगै, प्रान्तमा मृत्युको सङ्ख्या २५पुगेको हो ।

लोअर कोहिस्तानको डुबेरका जहिद कथानाले अस्थायी सडक र पुलहरू सन् २०१० पछि पाँचौं पटक बाढीले बगाएको बताए । बाढीले बासिन्दाहरूलाई घरमा सीमित रहन बाध्य पारेको जनाए । असहज परिस्थितिले स्थानीयलाई दुर्गम भूभागबाट कठिन यात्रा सहेर अस्थायी व्यवस्था प्रयोग गरी बिरामीहरूलाई अस्पताल पुर्याउन बाध्य तुल्यायो । 

वर्षा रोकिएपछि नदीको जलस्तर घटेको छ भने पिडिएमएले केपीका प्रभावित जिल्लाहरूमा राहत कार्य सुरु गरेको छ । पाकिस्तान मौसम विज्ञान विभाग (पिएमडी) ले अप्रिल २२ सम्म देशभर वर्षा जारी रहने पूर्वानुमान गरेको छ । यसैबीचच अर्को शक्तिशाली लहर पश्चिमी क्षेत्रहरूमा प्रवेश गर्ने आँकलन गरिएको छ । 

यो लहर देशको माथिल्लो भागहरूमा विस्तार हुदा सुरुमा बलुचिस्तानलाई असर गर्ने अनुमान गरिएको छ ।
पिएमडीको पूर्वानुमानमा विभिन्न क्षेत्रहरूमा भारी वर्षार आँधीबेहरी आउने समावेश छ । पृथक क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना छ । खैबरपख्तुनख्वामा, चित्राल, दिर, स्वात, एबटाबाद र अन्य जिल्लाहरू समेत प्रभावित हुने पुर्वानुमान गरिएको छ ।  

गिलगिट–बाल्टिस्तान र कश्मीरमा पनि वर्षा, आँधीबेहरी र उच्च पाहाडी क्षेत्रहरूमा हिमपातसहित खराब मौसमको सामनाका लागि तयारी भएको छ । पञ्जाब र सिन्धका क्षेत्रहरू सम्भावित वर्षा, आँधीबेहरी र असिनाबाट बच्न आवाश्यक तयारी गर्न सल्लाह दिइएको छ ।

पिएमडीले माथिल्लो केपी, मुर्री, गलियत, कश्मीर र जीबीमा भूस्खलनको जोखिमसँगै केही क्षेत्रमा आकस्मिक बाढीको चेतावनी दिएको छ । किसानहरूलाई बालीको रक्षा गर्न सावधानी अपनाउन सल्लाह दिइएको छ । अधिकारीहरूलाई सतर्क रही सम्भावित जोखिमलाई कम गर्न आवश्यक उपायहरू अवलम्बन गर्न आग्रह गरिएको छ ।

राष्ट्रिय राजमार्ग तथा मोटरवे प्रहरीले मौसमी सुरक्षा सुनिश्चित गर्न पिएमडीको सल्लाह अनुसार अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई सल्लाह दिएको डनले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending