वासिङ्गटन डिसी । अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
हाल अमेरिकामा रहेका अर्थमन्त्री पुनले अमेरिकी च्याम्वर अफ कमर्सद्वारा वासिङ्गटन डिसीमा आयोजना गरेको राउण्ड टेवल छलफलमा सो आग्रह गरेका हुन् । कार्यक्रममा अमेरिकी सहयोग नियोगकी उपसहायक प्रशासक अञ्नली कौर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, अमेरिकी च्याम्वर अफ कमर्सको दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल कश्यपलगायतले नेपालको उक्त लगानी सम्मेलनको बारेमा धारणा राखेका थिए ।
सो कार्यक्रममा नेपालमा लगानी गरिरहेका अमेरिकी कम्पनीहरुको समेत सहभागिता रहेको थियो । नेपालमा वैदेशिक लगानी भित्र्याउने अभिप्रायले गर्न लागिएको तेस्रो लगानी सम्मेलन यही वैशाख १६ र १७ गते आयोजना गरिएको छ ।
यसैबीच अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्षहरु अकिहितो निशीओ र गुन्जे चेनसँग भेटघाट गरेका छन् । चेनसँगको भेटघाटमा मन्त्री पुनले उपल्लो अरुण जलविद्युत् आयोजनाका लागि बैंकको लगानीसम्बन्धी विषयमा छलफल गरेका थिए ।
यसैगरी अर्थमन्त्री पुनले अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग भेट गरी अर्को चरणको निगमको लगानीमा विस्तार गर्नेबारेमा समेत छलफल गरेका थिए ।
निगमले नेपालमा साना व्यवसायको वित्तीय साधन पहुँचका लागि महिलाहरुले सञ्चालन गरेका फर्म तथा पर्यावरणमैत्री आयोजनाका लागि ग्लोबल आइएमई बैंकमार्फत पाँच करोड ६० लाख डलर बराबरको लगानी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८१ - २०:५९
काठमाडौं । विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज लग...
बैशाख १७ गते, २०८१ - २०:४८
सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन गरेको छ । नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा...
बैशाख १७ गते, २०८१ - २०:१७
काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी भएका छन् । यस अघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ । एमा...
बैशाख १७ गते, २०८१ - २०:१२
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको भौगोलिक अवस्थितिले यहाँ उत्पादित वस्तु तथा सेवा छिमेकी दुई ठूला मुलुक चीन र भार...
बैशाख १७ गते, २०८१ - २०:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण तथा सबै प्रकारका उचित वातावरण सृजना गर्न ...
बैशाख १७ गते, २०८१ - २०:००
काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका १४ नाका खुल्ने बताएका छन् । मेरियट होटलमा आयोजित नेपाल र चीनबीच हरित कृ...
बैशाख १७ गते, २०८१ - १९:३८
इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार छ सय ७१ क...
बैशाख १७ गते, २०८१ - १९:३४
एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि अत्यधिक तापक्रमका बावजुद लाखौं बालबालिकालाई स...
बैशाख १७ गते, २०८१ - १९:२९
धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१ मनहराबाट लागुऔषधसहित २३ वर्षीय सुरज चौधरी आज पक्राउ परेका ...
बैशाख १७ गते, २०८१ - १९:११
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका-५ असुरकोट...
प्रतिकृया लेख्नुहोस्: