Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८२ बिहीबार | 15th May, 2025 Thu
Investment bank

अंग्रेजीमा नामकरण गरिएका निजी विद्यालयको नाम फेर्ने बालेनको पहल

खबरडबली संवाददाता

काठमाडौं । नाम परिवर्तनका सन्दर्भमा निजी विद्यालयका सञ्चालकले काठमाडौँ महानगरपालिकामा धमाधम सम्पर्क गर्न थालेका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नेपाली झल्काउने नाम परिवर्तन गर्ने अभियान कामपाले सुरु गरेको छ ।

कामपामा पूर्वप्राथमिकदेखि कक्षा १२ का करिब ७७१ विद्यालय दर्ता रहे पनि ५१२ वटा सञ्चालनमा छन् । तीमध्ये ३२४ वटा विद्यालयको नाम अङ्ग्रेजीमा राखिएका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नाम परिवर्तनका लागि सम्पर्क राख्न सात दिनको समय दिइएको थियो भने नाम प्रस्तावको प्रस्ताव ल्याउन ३५ दिनको म्याद दिइएको छ ।

कामपाको शिक्षा विभाग प्रमुख सरस्वती पोखरेलले अङ्ग्रेजी नामकरण गरिएका विद्यालयलाई नाम परिवर्तनका लागि सार्वजनिक सूचना दिनुका साथै विद्यालयमा पत्र बुझाइएको जानकारी दिँदै भने, “पत्र पठाइएकामध्ये करिब दुई सयजति सम्पर्क राख्न आएका छन् ।” 

उनका अनुसार करिब सवा सय विद्यालयले अटेर गरिरहेका छन् । “सम्पर्कमा आएकाले आफू नाम सच्याउन तयार रहेको बताएका छन्,” उनले भने,, “कतिपयले नयाँ नामकरणका लागि प्रस्ताव पनि ल्याइसकेका छन् ।”

शिक्षा ऐन (२०२८) मा विद्यालयको नाम नेपाली झल्काउने हुनुपर्ने भनी स्पष्ट उल्लेख छ । नयाँ शिक्षा लागु हुँदा भएका निजी विद्यालयलाई राष्ट्रियकरण गरिएको थियो तर राज्यले धान्न नसक्ने भएपछि २०३६ सालपछि निजी विद्यालयबाट राज्यले हात झिकेको थियो । 

त्यसअघि विद्यालय निजी स्तरमा सञ्चालित भए पनि त्यहाँ कार्यरत शिक्षकको तलब राज्यले नै बेहोर्ने गरेको थियो । २०३६ सालपछि निजी विद्यालय स्थापनाको लहर बढ्न थाल्यो र २०४६ सालपछि झाँगियो ।  

२०२८ सालमा तत्कालीन जिल्ला शिक्षा समिति काठमाडौँले जिल्लाभित्रका अङ्ग्रेजी नामकरण भएका विद्यालयले नेपाली नामकरण गर्नुपर्ने निर्णय गरेको थियो । आगामी शैक्षिक सत्रसम्ममा त्यसरी नाम परिवर्तन गर्नुपर्ने निर्णय गरिएकोबारे २०२८ साल चैत २९ गतेको गोरखापत्रमा समाचार प्रकाशित थियो । 

त्यसरी निर्णय भए पनि तत्कालीन जिल्ला शिक्षा कार्यालयका जिम्मेवार पदाधिकारीले कानुनी व्यवस्था र जिल्ला शिक्षा समितिको निर्णयलाई बेवास्ता गरी जस्तोसुकै नामलाई पनि स्वीकृति दिन थाले । 

पछिल्लो समयमा विदेशी विश्वविद्यालय, विदेशी भूमिको नाम, विदेशी खेलकुद क्लबको नाम, विदेशी व्यक्तिको नाम आदि राखिएका विद्यालय धमाधम खुले । अङ्ग्रेजी शिक्षाको नाममा विद्यार्थीलाई आकर्षण गर्न विदेशी नामकरण गर्ने प्रवृत्ति देशभरि रोकिएन । त्यसबिचमा २०६८ सालमा गठित संस्थागत विद्यालय सञ्चालन मापदण्ड निर्देशिकाले विद्यालयको नामकरण नेपालीपन झल्किने गरी हुनुपर्ने व्यवस्था गरेको थियो । 

शिक्षा मन्त्रालयले गठित निर्देशिका तयारी कार्यदलको सिफारिसका आधारमा तत्कालीन शिक्षा विभागले गत २०६९ सालमा विद्यालयको नामकरण अङ्ग्रेजी गर्न नपाइने प्रस्ताव निर्णयार्थ शिक्षा मन्त्रालयमा पठाएको थियो । 

त्यसअघि २०६८ साल फागुन १५ गते साबिकको शिक्षा विभागले देशभरिका साबिकका जिल्ला शिक्षा कार्यालयलाई पत्राचार गरी नेपाली नामकरण गर्न निर्देशन दिएको थियो । तर मन्त्रालयले निर्णय पनि गरेन र जिशिकाले विभागको निर्देशनलाई कार्यान्वयन गर्ने साहस राख्न पनि सकेनन् ।

निजी क्षेत्रको संस्थागत विमति

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (राष्ट्रिय–प्याब्सन) का केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले विदेशी विश्वविद्यालय, शिक्षण संस्थाको नाम राख्न नपाइनेमा आफूहरू सहमत भए पनि अङ्ग्रेजी शब्दबाट नाम राख्न नपाउने भन्नेमा आफूहरूको विमति रहेको बताए । 

“अङ्ग्रेजी शब्दले राष्ट्रियतामा असर पनि पुर्‍याउँदैन, भाषाले बिगार्छ भन्ने पनि हुन्न,” उनले भने,, “अब नाम परिवर्तन हुँदा लाखौँले प्राप्त गरिसकेको प्रमाणपत्रमा परिवर्तन गर्नुपर्ने हुन्छ । ब्रान्ड बनिसकेको हुन्छ, नाम परिवर्तनले त्यसलाई असर पुर्‍याउँछ । नाम परिवर्तन गर्दा लाखौँ रुपियाँ खर्चका साथै विभिन्न निकायमा सच्याउनुपर्ने हुँदा झन्झटिलो पनि हुन्छ ।”

तर काठमाडौँ महानगरपालिकाका शिक्षा प्रमुख पोखरेलले अटेर गर्नेलाई के गर्ने भन्नेबारे ३५ दिने म्याद सकिएपछि कार्यालयले निर्णय गर्ने बताए । कामपाको ३५ दिने म्याद यही वैशाख २५ गते सकिँदै छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मिश्रलाई ६० दिन नै हिरासतमा राख्ने सरकारको रणनीति, आपराधिक उपद्रवको मुद्दा पनि चलाइयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सरकारले ६० दिन नै हिरासतमा राख्ने रणनीति लिएको छ । मिश्रविरुद्ध सातौँपटक ...

भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको अपिल

काठमाडौं । भारत र पाकिस्तानबीच जारी तनावको सन्दर्भमा अमेरिकाले दुवै देशलाई आ(आफूमाथि आक्रमण बन्द गर्न आग्रह गरेको छ।  अमेरिकी विदेश मन्त्रालयकी प्र...

सरकारले भन्यो- आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैका साथमा छ

काठमाडौँ । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेप...

मेयरलाई विद्यार्थीको प्रश्न- हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

सर्लाही । हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म बेहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छ...

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

काठमाडौँ । जसरी सानो ‘झिल्को’ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्क...

आज दिउँसो देशका यी स्थानमा पर्दैछ पानी

काठमाडौँ  । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको ...

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि

म्याग्दी । राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हि...

लमजुङबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका एक ...

काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन

काठमाडौँ । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा विशेष भ्रमण टोली का...

कालीमाटीमा काउलीको मूल्य किलोमै २० रुपैयाँ बढ्यो, गोलभेँडा पनि महँगियो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending