काठमाडौं । दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको रिपोर्ट आएको छैन ।
युएसजिएसले भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८ किलोमिटर पश्चिममा क्युशु र शिकोकु टापुलाई विभाजन गर्ने च्यानलमा करिब २५ किलोमिटर गहिराइमा रहेको गएको बताएको छ ।
जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले सामाजिक सञ्जाल एक्समा भनेको छ, “कृपया भूकम्पको झट्का बलियो भएका क्षेत्रहरूमा नजानुहोस्, भूकम्पका कारण सुनामीको कुनै खतरा छैन ।”
जापानको आणविक नियमन प्राधिकरणले भूकम्प गएको क्षेत्रमा इकाता आणविक ऊर्जा केन्द्र सामान्यरूपमा सञ्चालन भएको जनाएको छ । “इकाता ऊर्जा केन्द्रमा कुनै असामान्यता पाइएको छैन र अपरेसन जारी छ”, प्राधिकरणले भनेको छ ।
सरकारका प्रवक्ता योशिमासा हयाशीले कुनै पनि विद्युत् संयन्त्रमा सुनामीको कुनै चेतावनी वा असामान्यता नभएको पुष्टि गर्दै भूकम्पबाट कति क्षति भयो भन्नेबारे अधिकारीहरूले जाँच गरिरहेको बताए । “हामी जवाफ दिनका लागि हरसम्भव प्रयास गर्नेछौँ”, उनले भने।
प्रशान्त ‘रिङ अफ फायर’ को पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटहरूको शीर्षमा बसेको जापान टेक्टोनिकरूपमा संसारको सबैभन्दा सक्रिय मुलुकमध्येको एक हो ।
करिब १२ करोड ५० लाख जनसङ्ख्या भएको जापानमा हरेक वर्ष करिब एक हजार पाँच सय भूकम्पको झट्का महसुस हुन्छ । अधिकांश भूकम्प साना हुन्छन् र ठूलो भूकम्पले पनि सामान्यतया थोरै क्षति पुर्याउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: