Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

सिरहा, कैलाली र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । सिरहा, कैलाली र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका-६ सिमरा चोकमा प्र.१-०५-००१ प ८५८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक गोलबजार नगरपालिका-४ बस्ने भोगेन्द्र सहनीको छोरा १५ वर्षीय आयुस सहनीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका १ जनाको आरके मेडिसिन मुसहरनियामा उपचार भइरहेको छ ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका-५ गेटास्थित सडकमा सु.प.प्र. ०१-००१ च २९८७ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय कृत बहादुर बमको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै दाङको घोराही उपमहानगरपालिका(१३ कात्तिके डाँडास्थित सडकमा रा।२ प ६०१५ नम्बरको मोटरसाइकल र लु.९ प ४३६ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा रा. २ प ६०१५ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१३ बस्ने २९ वर्षीय मनकु चौधरीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकी सोही मोटरसाइकलमा सवार १ जनाको नर्सिङ होम अस्पताल नेपालगञ्ज बाँकेमा र लु.९ प ४३६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ भने सोही मोटरसाइकल चालकलाई प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ । 

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा सांसदविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारी ठगीमा राप्रपाकी सांसद  गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस...

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

काठमाडौं। नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर...

काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ।  मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस...

काभ्रेको रोशीमा आगलागी, १५ घर बनायो खरानी

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको रोशी गाउँपालिका –४ सानोपोटामा मङ्गलबार मध्याह्न भएको आगलागीबाट १५ घर जलेर नस्ट भएको छ । मङ्गलबार बिहान बारीमा काँडा ...

महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न

 काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको विकट स्थानका ६६ जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न भएको छ । खुड्किलो नेपाल र नागरिक सहारा नेपालको आयोजनामा ...

सप्तरीको चिम्टीमा भीषण आगलागी, दुईसय घर जले

सप्तरी। सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । दिउँसो करिब २ बजे आगो लागेको हो । आगो अझै नियन्त्रण बाहीर रहेकाे बताइएकाे छ । आगलागीब...

संघिय र प्रदेश सरकार दुबैमा डोल्पाको प्रसतिनिधित्व, सबै सांसद भए मन्त्री

डोल्पा । हिमाली जिल्ला डोल्पाबाट संघ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका छन्। संघ प्रदेश गरेर तीनवटा निर्वाचन क्षेत्र रहे...

श्रीमती साटासाट गर्ने खेलमा २१ वर्षीया युवती बनिन् शिकार

काठमाडौं । पत्नी साटासाट (वाइफ स्वैपिंग) गर्ने खेल बारे सुन्दा सहजै पत्याउन सकिँदैन तर एउटा घटना प्रहरीमा पुगेपछि रहस्यको पर्दा च्यातिएको हो । जसमा...

ललितपुरकाे लेलेमा आगो निभाउँदा घाइते भएका एक जनाको मृत्यु

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । ललितपुरका एसपी नरेशराज सुवेदीका ...

विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन

सुर्खेत । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न नसकी अन्त्य भएको हो ।  फागुन ३० ग...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies