Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

तुल्सीपुरस्थित मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

खबरडबली संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्  ।  सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६८ पुगेको बैकले जनाएको छ । 

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।
मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा रहेकाे ग्लोबल आइएमई बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंकलाई सबैंकालागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको  जनाएकाे छ । 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर सोमबारसम्म वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

 काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।  शनिबार दिउँसो देशभर साधारणतया बदली रहने...

कार्यालयलाई कमिसन नदिँदा रोकियो भुक्तानी

गुल्मी । गुल्मीमा एक निर्माण व्यवसायीले काम गरेबापत सम्बन्धित कार्यालयका इन्जिनियरलाई कमिसन नदिदा कार्यालयबाट हुने भुक्तानी रोकिएको छ । सडक डिविजन पाल...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै...

आफुखुसी संविधान संसोधन गरिए सशक्त प्रतिकारमा उत्रने प्रकाण्डको चेतावनी

कालिकोट । नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने देशमा फेरी  आगो बल्ने  बताएका छन । आफ्नो...

उपत्यकाका सबै पालिकामा आइतबार शोक बिदा

काठमाडौं । काठमाडौं उपत्यकाको मेयर्स फोरमले कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । फोरमले उपत्यकाभरका प...

सौर्य विमान दुर्घटनाः माग सम्बोधन नभए शव नबुझ्ने आफन्तको अडान

काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछ...

गौशाला २६ को पत्रलाई नमान्ने महान्यायाधिवक्ता कार्यालयको अडान

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आफूले हालेको मुद्दालाई थप अगाडि नबढाउने गौशाला २६ ले निर्णय लिएपछि उब्जेको प्रश्न हो, के अब यो मुद्दा समाप्...

आईसीयूबाट सारियो क्याप्टेन मनिष शाक्यलाई

काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ । क्या...

राजनीतिक परिवर्तनलाई विकासको फड्कोमा पुर्याउन सकेमात्र परिवर्तन महसुस हुन्छ: नारायणकाजी श्रेष्ठ

ललितपुर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद...

सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन

काठमाडौं । गौशाला-२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी छन्  । गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy