Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा सम्पन्‍न

खबरडबली संवाददाता

बुटवल । गत चैत्र २९ गते गोरखा दरवारबाट सुरु भएको गोरखा-जितगढी पदयात्रा शुक्रबार रुपन्देही जिल्लाको बुटवलस्थित जितगढीमा पुगेर विशेष समारोहका बिच समापन भएको छ । पदयात्रामा सहभागी टोलीलाई पदयात्रा समापन समारोह स्थल जितगढीमा भव्य स्वागत गरिएको थियो ।

गोरखा दरबारबाट सुरु भएको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन ५(पाँच) ओटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरू तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा गरेका थिए । गोरखा दरबारदेखि जितगढीसम्म करिब २०७ कि.मि. दुरीमा सञ्चालित पदयात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै नवौँ दिनमा रुपन्देहीको बुटवलस्थित जितगढीमा पुगे पश्चात् स्थानीय झाँकी लगायत विविध कार्यक्रमहरु सहित जितगढी विजय उत्सव मनाइएको थियो । 

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पदायात्रामा सहभागी फौज तथा आम सर्वसाधारणलाई मायाको चिनो प्रदान गर्नुका साथै इतिहासविद्हरुलाई सम्मान पत्र तथा उत्कृष्ट झाँकीलाई पुरस्कृत गरेका थिए ।

जितगढी, नेपाल-अङ्ग्रेज युद्ध (वि.सं. १८७१-७२) मा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अदम्य साहस, रणकौशल एवं वीरताकासाथ युद्ध गरि विजय हासिल गरेको ऐतिहासिक स्थल हो । जितगढी विजय उत्सव तथा पदयात्रा समापन कार्यक्रम बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा सञ्चालन भएको थियो भने पूर्व प्रदेश स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठ, श्री मध्य पश्चिम पृतनाका पृतनापति उपरथी श्री सुनिल श्रेष्ठ, रुपन्देही र पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्री नं. २२ वाहिनी अड्डाका वाहिनीपति, स्थानीय जनप्रतिनिधिहरू, बुद्धिजीवी, जिल्लास्थित सरकारी निकायका प्रमुख तथा पदाधिकारीहरू, सञ्चारकर्मी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । 

राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवर्ध्दन एवं ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाइ तथा बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा ऐतिहासिक जितगढी किल्ला पुनः निर्माण कार्य सम्पन्न गरि २०८० पौष २० गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा प्रधानसेनापति प्रभुराम शर्माले मर्मत तथा पुनः निर्माण गरिएको ऐतिहासिक जितगढी किल्ला बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई हस्तान्तरण गरेका थिए भने सोही वर्षबाट गोरखा-जितगढी पदयात्रा समेत शुभारम्भ भएको थियो ।

यस प्रकारको कार्यक्रमले नेपालको ऐतिहासिक धरोहरहरूको पहिचान‚ संरक्षण‚ संवर्द्धन र प्रवर्द्धन हुनुका साथै राष्ट्रिय एकता, सैनिक इतिहास एवं पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: