पर्सा । सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ।
भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले यहाँका १५ किसानको गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घरलगायत सम्पत्तिमा क्षति पुर्याउँदा १२ लाख ८४ हजार बराबरको क्षति भएको छ।
छिपहरमाई गाउँपालिका–१ का वडाध्यक्ष कामेश्वरप्रसाद यादवले भारतीय भूमिबाट सल्किएका आगोका कारण नेपालका १५ किसानको भित्र्याउने अवस्थाको बाली नष्ट भएको बताए।
‘भारतीय भूमिमा गहुँको ठुटोमा लगाएको आगो अनियन्त्रित हुँदै आएर नेपालको भूमिमा खेतीबाली तथा फुसको घरमा क्षति पुर्याएको छ’, उनले भने, ‘सानो असावधानीले हाम्रा किसान ठूलो क्षति भोग्न बाध्य भए।’
जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरीक्षक कुमारविक्रम थापाले नेपाली भूमिमा आगो सल्किएको थाहा पाउनेबित्तिकै सबै निकायको समन्वयमा तीन घण्टाभित्रै आगो निभाउन सम्भव भएको बताए।
प्रहरी चौकी मिर्जापुर, इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोली, स्थानीय तथा वीरगञ्ज महानगरपालिकाको दमकल, पोखरीया नगरपालिकाको दमकल, विपद् व्यवस्थापन गुुल्म पर्साको दमकलको सहयोगमा आगो पूर्ण रूपमा निभाउन सफल भएको प्रहरीले जनाएको छ।
आगजनीको कारणले छिपहरमाई गाउँपालिका–१ भलमहियाका मलबोद यादवले सञ्चालन गर्दै आएको ओमपाथीभारा पशुपक्षी फार्म जलेर नष्ट भएको छ। सो फार्ममा रहेका २५ क्विन्टल दाना र फुसको घरसहित कुखुरा जलेर नष्ट हुँदा चार लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ।
आगजनीले सोही ठाउँका किसान किसनदेव हजराको फुसको घर, २० क्विन्टल गहुँ, लत्ताकपडा र भाडावर्तन गरेर दुई लाख ८० हजार बराबरको अन्नबाली तथा सामान नष्ट भएको छ।
आगोले राजु यादवको ३३ कठ्ठामा रहेको गहुँ, पराल गरी रु एक लाख बराबरको अन्नबाली नष्ट भएको छ। चेतमन राउत अहिरको पनि छ कठ्ठामा रहेको गहँुबाली जलेको छ।
सोही ठाउँका उपेन्द्र यादव र हाकिम यादवको पनि आठ–आठ कठ्ठामा रहेको गहुँबाली नष्ट भएको छ।
किसान ताराचन्द्र साह तेलीको ३० कठ्ठामा रहेको गहुँ र पराल गरी एक लाख २० हजार मूल्यको अन्नबाली जलेर क्षति भएको छ। भिखरी राउत अहिरको पराल जल्दा रु ३० हजारको क्षति भएको छ।
आगजनी भएर वीरेन्द्र यादवको फुसको गोठसहित १० क्विन्टल गहुँसहित ८० हजार बराबरको क्षति भएको छ । त्यसैगरी साहेब राउत र जुगुल यादवको पराल जल्दा जनही २० हजारको क्षति भएको छ।
त्यसैगरी विश्वनाथ यादवको पराल जल्दा ८० हजार र मुनिल यादबको १० कठ्ठामा रहेको गँहुबाली जल्दा ८० हजारको क्षति भएको छ। त्यसैगरी अर्जुन यादवको पनि १० कठ्ठामा रहेको गहुँबाली आगजनीकै कारणले जल्दा ५० हजारको क्षति भएको छ । त्यस्तै सोही ठाउँका किशुनदेव यादवको तीन कठ्ठाको गहुँबालीमा क्षति हुँदा २० हजारको क्षति भएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८२ - ०७:२१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सरकारले ६० दिन नै हिरासतमा राख्ने रणनीति लिएको छ । मिश्रविरुद्ध सातौँपटक ...
बैशाख २६ गते, २०८२ - ०७:१३
काठमाडौं । भारत र पाकिस्तानबीच जारी तनावको सन्दर्भमा अमेरिकाले दुवै देशलाई आ(आफूमाथि आक्रमण बन्द गर्न आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयकी प्र...
बैशाख २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेप...
बैशाख २६ गते, २०८२ - ०७:००
सर्लाही । हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म बेहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छ...
बैशाख २६ गते, २०८२ - ०६:५३
काठमाडौँ । जसरी सानो ‘झिल्को’ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्क...
बैशाख २६ गते, २०८२ - ०६:४९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको ...
बैशाख २६ गते, २०८२ - ०६:३९
म्याग्दी । राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हि...
बैशाख २६ गते, २०८२ - ०६:३६
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका एक ...
बैशाख २६ गते, २०८२ - ०६:३४
काठमाडौँ । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा विशेष भ्रमण टोली का...
बैशाख २५ गते, २०८२ - ०९:३७
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज का...
प्रतिकृया लेख्नुहोस्: