काठमाडौं । अमेरिकी कंग्रेसको तल्लो हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई सहायता गर्न ६१ अर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ ।
युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो भने विपक्षमा ११२ मत परेको थियो । अब यो प्रस्ताव माथिल्लो सदन सिनेटमा जानेछ । प्रस्ताव केही दिनभित्रै सिनेटबाट पारित हुने अपेक्षा गरिएको छ ।
कंग्रेसमा लामो समयदेखि सहयोग प्रस्ताव अड्किएर बसेको थियो । सिनेटबाट पनि पारित भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरेर सहयोग विधेयकलाई कानुनको रूपमा मान्यता दिनेछन् ।
यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौंको ज्यान जोगाउन सकिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकोमा खुसी व्यक्त गरेका छन् । विश्वस्तरमा लोकतन्त्र र स्वतन्त्रताको सधैं महत्त्व रहने र यसको रक्षाको लागि अमेरिका रहेसम्म यिनीहरू कहिल्यै असफल नहुने उनको भनाई छ ।
यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलर बराबरको सैन्य सहायता पनि दिइएको छ । गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेज पनि छुट्टाइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८१ - ०९:३६
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा सार्वज...
मंसिर १३ गते, २०८१ - ०९:२९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बै...
मंसिर १३ गते, २०८१ - ०९:२५
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजे मौन अवधि शुरु हुँदैछ। यही मंसिर १६ गते आइतबार हुने निर्वाचनका लागि बिहीबार राति १२ बजेदेख...
मंसिर १३ गते, २०८१ - ०९:१९
धरान । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्...
मंसिर १३ गते, २०८१ - ०८:३१
काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको तिहाड जेलमा रहेका गुन्डा नाइके लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्...
मंसिर १३ गते, २०८१ - ०८:२१
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्ने भएकी छन्। भ्रमणको तयारीका लागि...
मंसिर १३ गते, २०८१ - ०८:१८
सर्लाही । सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ। बुधबार पूर्व–पश्चिम रा...
मंसिर १३ गते, २०८१ - ०७:५४
काठमाडौँ । अवैध खेल सट्टेबाजीमा रु ५५ करोडको कारोबार गरेको फेला परेपछि एक जनालाई पक्राउ गरिएको छ । ‘बेटिङ’ कारोबारमा सङ्लग्न पाँचथर घर भई ललितपुर ब...
मंसिर १३ गते, २०८१ - ०७:४६
काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रह...
मंसिर १३ गते, २०८१ - ०७:३९
काठमाडौं । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोज...
प्रतिकृया लेख्नुहोस्: