रुपन्देही । तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ। पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ।
रोहिणी गाउँपालिका-६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। गहुँको नलबाट सुरु भएको आगो बतासका कारण फैलिँदा बिष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ।
आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेका तथा ३९ वटा बाख्रा मरेका उनले बताए। प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियो।
आगलागीको घटना जिल्लाभरिबाट नै भएका प्रवक्ता भट्ट बताउँछन्। गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौँको क्षति भएको छ। वडा नं ७ सिसैं बस्ने बाले मिन्द्र लोधको फुसले छाएको गोठमा विद्युत् चुहिँदा आगलागी भएको थियो। उक्त गोठमा रहेका नौ बाख्रासहित रु तीन लाख बढीको क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका(९ पिपरामा खेतमा गहुँका ठुटा जलाउने क्रममा लागेको आगोे होटल पवन प्यालेस परिसरमा पुगेको थियो। यसबाट प्लाइउड, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नलगायत रु सात लाख बराबरको क्षति भएको प्रवक्ता भट्टले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८२ - ०६:५५
झापा। मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना क...
जेष्ठ ४ गते, २०८२ - ०६:५३
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितर...
जेष्ठ ४ गते, २०८२ - ०६:५१
काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन सरकारी...
जेष्ठ ४ गते, २०८२ - ०६:४०
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, नयाँबानेश्वरमा बस्ने भएकाे हाे । बैठक...
जेष्ठ ४ गते, २०८२ - ०६:३७
काठमाडौं । हिजो देखी काठमाडौंमा सुरू भएको अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संबाद’ कार्यक्रममा आज छलफल सेशन चल्दैछ । हिमाल, हिमनदीसहित विश्वमा देखा परेको...
जेष्ठ ४ गते, २०८२ - ०६:३७
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेक...
जेष्ठ ३ गते, २०८२ - २१:५५
ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक पक्राउ
जेष्ठ ३ गते, २०८२ - २१:२५
रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पानीसँगै तीव्र गतिमा ...
जेष्ठ ३ गते, २०८२ - २०:४७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ । स्व...
जेष्ठ ३ गते, २०८२ - २०:४२
काठमाडौं । जलविद्युत र सौर्य उर्जा सहितको नविकरणीय उर्जा उत्पादनमा केन्द्रित कम्पनी, अपी पावर कम्पनी लिमिटेडले मधेश प्रदेशमा चौथो सौर्य उर्जा परियोजना...
प्रतिकृया लेख्नुहोस्: