काठमाडौं । नेकपा एमालेले सत्तारुढ दलहरूलाई सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न आग्रह गरेको छ ।
आइतबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा १५ बुँदै समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सत्ता सहकार्यलाई कम्जोर पार्ने काम नगर्न आग्रह गरेको हो ।
एमालेले आफुसहित नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीसँग नयाँ सत्ता समिकरण निर्माण भएकोप्रति सन्तोष व्यक्त गर्दै यस सहकार्यलाई परिणाममुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
साथै एमालेले सत्तारुढ ५ दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत प्रमुख समस्याहरूलाई समाधान गर्नेगरी काम गर्न सरकारलाई सुझाव दिएको छ ।
बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव पोखरेलको साङ्गठनिक, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कडेल, निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार वोहराको प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ६ गते, २०८१ - २०:५२
काठमाडौं । काठमाडाैंमा भाेली (शुक्रबार) एकैसाथ तीन ठाउँमा प्रदर्शन हुने भएकाे छ । सत्तारुढ दल नेकपा एमाले, सहकारी पीडित र दुर्गा प्रसाँइका समर्थकहरुले...
मंसिर ६ गते, २०८१ - २०:४०
राैतहट । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भएको र राजतन्त्र ढलेर प्रजातन्त्र स्था...
मंसिर ६ गते, २०८१ - २०:२३
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकावासीका घरमा पुगे नपुगेका विषयमा प्रत्येक दिन स्थलगत अनुगमन तथा निरीक्षण ग...
मंसिर ६ गते, २०८१ - २०:०४
काठमाडौं । स्याङ्जाको भिरकोटमा एक जनाको शव फेला परेको छ। बिहीबार साँझ करिब ५ बजे भिरकोट नगरपालिका-२ डाँडाकोटका ताराबहादुर बस्नेतको शव भेटिएको प्रहर...
मंसिर ६ गते, २०८१ - १९:५४
काठमाडौं । उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाडौँमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्...
मंसिर ६ गते, २०८१ - १९:४५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ । राजधानी काठमाडौंको संवाद डबलीमा बिहीबार पत्रकार सम्मेलन...
मंसिर ६ गते, २०८१ - १९:३५
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३, अगेनी सिमलघाटस्थित तिनाउ खोलामा एक युवाको शव भेटिएको छ । सिमनघाट निवासी २८ वर्षीय निलप्रसाद घर्ती मृत अवस्थामा...
मंसिर ६ गते, २०८१ - १९:२६
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ । पश्चिमबाट पूर्वतर्फ जाँद...
मंसिर ६ गते, २०८१ - १९:१८
काठमाडौँ । काठमाडौँको नक्साल नन्दीकेशर वगैँचा (नारायण चौर) मा मंसिर ८ र ९ गते विश्व महिला, नेपाल (वुमेन अफ द वर्ल्ड–वाउ), को सातौँ संस्करण आयोजना हुँद...
मंसिर ६ गते, २०८१ - १८:४४
धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ रोडहाउस क्याफे नजिकबाट सोही ठाउँका ३० वर्षीय सागर...
प्रतिकृया लेख्नुहोस्: