काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न गरिने बताएका छन्
मन्त्रालयले आयोजना गरेको ‘बृहत् रोजगार मेला’ सम्बन्धी छलफलमा उनले भने, “हामीले अहिलेदेखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ ।”
श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरुबीच समन्वय गर्ने उद्देश्यका साथ बृहत् रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ । रोजगार मेला आयोजनाका विषयमा सुझाव लिनका लागि मन्त्रालयले आज छलफल आयोजना गरेको हो ।
मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरिरहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री अर्यालले बताए । उनले भने, “मेलामा रोजगारदाताले आफूलाई चाहिने श्रमिकमा हुनुपर्ने सीपको विषयमा जानकारी दिनेछन् भने अवसरको खोजीमा रहेका युवा रोजगारीका लागि आवश्यक पर्ने सीपका बारेमा जानकारी पाउनेछन् ।”
उनका अनुसार मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहेअनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने उद्देश्यले बृहत् रोजगार मेलाको आयोजना गर्न लागिएको बताए । मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने उनको भनाइ छ ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्दप्रसाद रिजालले आन्तरिक रोजगारीको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्नका लागि बृहत् रोजगार मेलाको परिकल्पना गरिएको बताए ।
छलफलमा नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, होटल व्यवसायी सङ्घका अध्यक्ष विनायक शाह, उद्योग वाणिज्य महासङ्घ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्की, रोजगारविज्ञ रामेश्वर नेपाललगायतले सुझाव दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: