कैलाली । भारतसँग सीमा जोडिएको कैलाली जिल्लाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले एक हप्ताका लागि २४ सै घण्टा पैदल गस्ती सुरु गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीका प्रहरी निरीक्षक पुष्करबहादुर बमको नेतृत्वमा रहेको ३५ जनाको सशस्त्र प्रहरीको टोलीले शनिबारदेखि पैदल गस्ती सुरु गरेको हो । जिल्लाको पश्चिमी त्रिनगर सीमा नाकाबाट सुरु गरिएको पैदल सीमा गस्ती जिल्लाको पूर्वक्षेत्रको श्रीलङ्का टापूको सीमासम्म पुगेर यही वैशाख १४ गतेसम्म पूरा हुने जनाइएको छ ।
कार्यालयका प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले गस्ती टोलीले सीमामा हुने सबै खालका आपराधिक एवं अवाञ्छित गतिविधि रोकथामको पहल गर्ने, मिचिएको सीमा र सीमा स्तम्भको वस्तुस्थिति अध्ययन गर्नेलगायत काम गर्ने जानकारी दिए ।
“टोलीले सीमा क्षेत्रका वडाका जनप्रतिनिधि र स्थानीय नागरिकसँग पनि सीमाका समस्यालगायत विषयमा छलफल गरेर समस्या समाधानको पहिचान गर्नेछ”, पाण्डेले भने, “आवश्यकताअनुसार सीमापारीको भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग पनि समन्वय गरेर संयुक्त सीमा गस्ती गर्न सक्नेछ ।”
यस क्रममा गस्ती टोलीले सीमामा बस्ने नागरिकलाई भूकम्प, बाढी, डुबान, नदी कटान आगलागी जस्ता विपत् व्यवस्थापनका घटना न्यूनीकरण गर्न अपनाउन सकिने उपायका बारेमा पनि चेतनामूलक कार्यक्रम गर्ने जनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सीमा सुरक्षा विभागको सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणा पत्र २०८० बमोजिम कैलालीमा सीमामा पैदल गस्ती सुरु गरिएको जनाइएको छ । कैलालीको पश्चिम त्रिनगरदेखि पूर्वी क्षेत्र श्रीलङ्का टापूसम्मको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्र एक सय एक किमी दूरीको छ । सशस्त्र प्रहरीले यस वाहेक आवश्यकताअनुसार सीमा क्षेत्रमा नियमित गस्ती पनि गर्दै आएको छ ।
सीमापारी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले प्रत्येक पाँच किलोमिटरको दूरीमा आफ्ना सीमा सुरक्षा पोष्ट स्थापना गरेको छ । नेपालतर्फका सीमा क्षेत्रमा भने आवश्यक स्रोतसाधन र जनशक्तिको अभाव जस्ता समस्याका कारण सशस्त्र प्रहरी बलका एसएसबीले स्थापना गरेका सीमा सुरक्षा कार्यालयको सङ्ख्याको तुलनामा कम सीमा सुरक्षा कार्यालय सञ्चालनमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: