Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

डेढ महिनादेखि रोकिएको बनेपा-बुडोल क्षेत्रको सडक निर्माण अघि बढ्ने

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सीमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो ।  

बनेपा–बुडोल खण्डमा निर्माणाधीन कल्भर्टलगायत संरचनाको निर्माण कार्य रोक्न उच्च अदालत पाटनले उत्प्रेषण आदेश जारी गरेपछि करिब डेढ महिनादेखि निर्माण कार्य रोकिएको थियो । 

स्थानीयस्तरमा सरोकारवालाबीच भएको बैठकले तत्कालै मुद्दा फिर्ता लिने सहमति भएपछि निर्माणलाई निरन्तरता दिइने भएको हो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङको अध्यक्षतामा सरोकारवाला एवं मुद्दा हाल्ने स्थानीयबिचको आइतबारको बैठकमा उक्त सहमति भएको हो । 

यस्तै उक्त बैठकले हाल निर्माणाधीन कल्भर्टको पानीलाई व्यक्तिगत जग्गामार्फत निकास नगराई सडक सीमाभित्र छुट्टै ड्रेनमार्फत चण्डेश्वरी खोलामा निकासी गराउने तथा आवश्यकताअनुसार सिँचाइ निकासका लागि व्यवस्थापन गरी अघि बढ्ने सहमति भएको छ । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अदालतको मुद्दा फिर्ता लिने र निर्माणाधीन कल्भर्टबाट पानीलाई ‘डाइभर्ट’ गरी खोलामा मिसाउने सहमति भएपछि आयोजनाको निर्माणले निकास पाएको बताए ।  

बनेपा नगरपालिका–६ बुडोलका १३ जनाले सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको कार्यालय भक्तपुरसहित आयोजना प्रमुख राजेन्द्र दास, बनेपास्थित ६ र ७ नं वडा कार्यालयलाई विपक्षी बनाई गत फागुन २० गते रिट दर्ता गरेका थिए । दर्ता गरिएको रिटमा गत फागुन २१ गते नै प्रारम्भिक सुनुवाइ भएको थियो ।

विसं २०१६ मा सडक निर्माणका बेला खेतका लागि पानी निकास गर्न राखिएको ह्युमपाइपसहितको ढलको स्थानमा हाल सडक विस्तारका क्रममा नयाँ डिजाइनमा कल्भर्ट निर्माण गरिएको थियो । हाल बस्ती विकास भए पनि उक्त कल्भर्टबाट पानी निकास हुँदा सडकको तल्लो क्षेत्रको बस्तीमा क्षति पुग्ने भन्दै स्थानीयले रिट दर्ता गरेका थिए । उक्त क्षेत्रको निर्माण कार्य रोकिँदा ‘डाइभर्ट’ गरिएको सडकमा दुर्घटनासमेत बढेका थिए भने पानी परेका बेला राजमार्गमा सवारीसाधन ठप्प हुने गरेको छ । 

तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट धुलिखेलसम्मको आठ दशमलव ४ किमी सडकखण्ड रु चार अर्ब पाँच करोड ६४ लाखको लागतमा निर्माण थालिएको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending