काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनले सुनुवाइ गर्दैछ।
सन्दीप पक्षका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बहसका लागि आफूहरू अहिले उच्च अदालत पाटन जाने तयारीमा रहेको बताए।
यसअघि अघिल्लो सोमबार उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले किशोरीले दोस्रोपटक जन्मदर्ता बनाउँदा गाउँपालिकामा दिएको निवेदन माग्न आदेश दिएको थियो।
सुरुको जन्मदर्तामा भन्दा पछिल्लो जन्मदर्तामा एक वर्ष उमेर घटाइएको जिल्ला अदालत काठमाडौँले पनि ठहर गरेको छ। सोही आधारमा जिल्ला अदालतले जाहेरवाली युवती नाबालिग नरहेको ठहर गरेको थियो।
जाहेरवालाका तर्फबाट सरकारी वकिल कार्यालयले उनी नाबालिग नै रहेको दाबी गर्दै उच्च अदालतमा निवेदन दिएपछि अदालतले जन्मदर्ता गराउँदा दिएको निवेदन नै झिकाउने आदेश गरेको हो।
जिल्ला अदालतले यो मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैदको फैसला गरेपछि त्यो फैसला बदरको माग गर्दै लामिछाने उच्च अदालत पुगेका हुन्। दुवै निवेदनमा उच्च अदालतले एकसाथ सुनुवाइ अगाडि बढाएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८१ - ०९:२३
ताप्लेजुङ । हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी भएको छ । ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रवि...
माघ १३ गते, २०८१ - ०९:१२
काठमाडौं । सरकारले कर्मचारीहरुका लागि साइबर सुरक्षा एड्भाइजरी जारी गरेको छ । एडभाइजरीअनुसार सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा न...
माघ १३ गते, २०८१ - ०९:०३
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकत...
माघ १३ गते, २०८१ - ०८:५६
भीम रावलले समानान्तर प्रकृतिका गतिविधि गरेको कारणले निष्कासन गरेको प्रष्टीकरण
माघ १३ गते, २०८१ - ०८:४३
काठमाडौं । अखिल क्रान्तिकारीको शनिबार भएको निर्वाचनको मतगणना जारी छ। भूभोलका सात प्रदेशका मतगणना शनिबार बेलुकैदेखि सुरू भएपनि उपत्यका विशेष र विश्वविद...
माघ १३ गते, २०८१ - ०८:१६
काठमाडौं । अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् । ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्...
माघ १३ गते, २०८१ - ०८:०९
म्याग्दी । जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन...
माघ १३ गते, २०८१ - ०८:०५
काठमाडौं। रुपन्देही जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेको आज पनि थुनछेक बहस हुँदैछ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद...
माघ १३ गते, २०८१ - ०७:५५
तेह्रथुम । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । याक्थुङ (लिम्बू) समुदायमा...
माघ १३ गते, २०८१ - ०७:४३
सिमकोट । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्न...
प्रतिकृया लेख्नुहोस्: