Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

खबरडबली संवाददाता

काठमाडौँ । गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट बच्चा जिउँदै निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन् ।

चिकित्सकले आकस्मिक सी–सेक्शन प्रसूति मार्फत शिशुको उद्धार गरेका थिए । जन्मदा बच्चाको तौल १।४ किलोग्राम ९३।०९ पाउण्ड० थियो। उनको अवस्था स्थिर रहेको छ । बिस्तारै उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।

महिलाको पहिचान सबरीन अल(सकानीको रूपमा गरिएको छ। दुई घरमा इजरायली हवाई आक्रमणमा बालिकाकी आमा, बुबा र बहिनीसहित १९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। जसमा एकै परिवारका १३ बालबालिका रहेका छन् ।

नवजात बालिकाका काका रामी अल शेखले आफ्नी जेठी बहिनी मलाक आफ्नो जन्ममा निकै खुसी भएको बताए । उनी आफ्नी कान्छी बहिनीको नाम रुह राख्न चाहन्थिन्, जसको अर्थ अरबीमा आत्मा हो। तर, कान्छी बहिनी संसारमा आउनुअघि नै मलाकको हवाई आक्रमणमा मृत्यु भयो ।

रफाहको अस्पतालमा शिशुको हेरचाह गरिरहेका डाक्टर मोहम्मद सलामाले नवजात शिशुलाई अर्को बच्चासँगै इन्क्युबेटरमा राखिएको बताए। उनलाई तीनदेखि चार सातासम्म अस्पतालमा राखिनेछ । बालिका बाँचे तर अनाथ भएर जन्मिनु सबैभन्दा ठूलो दुःखद कुरा डाक्टरले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

होली मनाउन सुरु, वसन्तपुरमा चीर पूजा गर्नेको भीड

काठमाडौँ। नेपालीहरुको हर्षोल्लासको पर्व होली आजदेखि मनाउन सुरु गरिएको छ। सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर होली मनाउन थालिएको छ। फागु पूर्ण...

हेलिकोप्टरबाट हुम्लाकोलिमी र चाला पुगे निर्वाचन कर्मचारी

हुम्ला। फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र निर्वाचन सामग्री नाम्खा गाउँपालिकाको लिमी र चाला पुगेका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण ...

मध्यपूर्वका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा : १७ लाख नेपाली सुरक्षित

काठमाडौँ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाख २९ हजारभन्दा बढी नेपाली नागरिक रहेको र उनीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहे...

दुर्गा प्रसाईलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तप...

यो निर्वाचन जनमत संग्रह पनि हो - अध्यक्ष ओली

दमक। पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत संग्रह समेत रहेको बताएको छन् । यो न...

पोखरा ड्यामसाइडमा सुटकेसभित्र युवतीको शव फेला, श्रीमान् फरार

पोखरा । पोखरा महानगरपालिका–१७ ड्यामसाइड नजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको अवस्थामा एक युवतीको शव फेला परेको छ। आइतबार बिहान फेवातालको...

आज रातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा आइतबार रात...

चरित्र हत्या र दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीले दिए आयोग र प्रेस काउन्सिलमा उजुरी

काठमाडौँ । गोरखा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले आफ्नो चरित्र हत्या र दुष्प्रचार गरिएको आरोप लगाउँदै प्रेस काउन्सिल न...

स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने : गृहमन्त्री अर्याल

बाँके। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको सम्पूर्ण काम पूरा भएको बताएको छन् ।  यही फागुन २१ गते हुने...

यूएईमा रहेका सबै नेपाली सुरक्षित छन् – राजदूत क्षेत्री

काठमाडौं । यूएईस्थित नेपाली राजदूत तेज बहादुर क्षेत्रीले संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका सबै नेपाली सुरक्षित रहेको बताएका छन्।  यो बयान इरान–अम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE