Ntc summer Offer
Khabar Dabali १६ जेष्ठ २०८१ बुधबार | 29th May, 2024 Wed
NIMB

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्राउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

“व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालमा विदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनसमेत परिमार्जन गरेका छौँ, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ ।”

नेपालको आर्थिक विकासमा रुसले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सडक, कृषि, जलविद्युत् र सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि नेपालमा राम्रो अवसर भएको बताए ।  नयाँ परिस्थितीमा नेपाल–रुसबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आपसी सहयोग र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

भेटमा चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीज अफ रसियन फेडेरेशनका अध्यक्ष सर्गेयी कटीरिन, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकोभलगायतको उपस्थिती रहेको थियो ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेटमा सुधारका कार्यक्रम देखिएनन्- पुर्व अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज सार्बजनिक गरेको बजेटबारे कांग्रेसले यस अघि बोले जस्तो नआएको टिप्पणी गरेका छन् । पुर्व अर्थमन्त्री डा। प्रका...

बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौँ । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव)२०...

आलु, प्याज र स्याउलगायतका तरकारी र फलफुलमा लगाइएको कर खारेज

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउलगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेका छन् । मंगलबार अर्थमन्त्री ...

शिक्षामन्त्रीले खारेज गरेको 'राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम' का लागि ८७ करोड बजेट

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ८७ करोड बजेट विनियोजन गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले आगामी आवको...

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन गरेको बताएका छन् । मंगलबार अर्थमन्त्री पु...

बुटवल-भरतपुर-पोखरालाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेका छन् ।  मंगलबार अर्थमन्...

‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान चलाइने

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।  मंगलबार अर्थमन्त्री पुनले आर्थि...

आगामी आवमा ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणाली थपिने

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षदेखि बंगलादेशसँग पनि विद्युत् निर्यात गर्ने बताएका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आग...

सरकारले समस्याग्रस्त सहकारीको ५ लाखसम्मको बचत फिर्ता गर्ने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाको साना बचकर्तालाई सञ्चालकको सम्पत्ती धितोमा बचत फिर्ताँ गर्ने  घोषणा गरेको छ । मंगलबार अर्थमन्त्री वर...

पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई झण्डै १२ अर्ब बजेट छुट्ट्याएको घोषणा गरेका छन् । मंगलबार आगामी आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies