सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।
बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा रु छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।
बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना घाइते भएका हुन् । घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको हो । अर्का स्थानीय २३ वर्षीयका राज मङ्गलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
यसैबीच, गए राति जिल्लाको कविलासी नगरपालिका–२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार मूल्य बराबरको परालको कुन्यू नष्ट भएको छ । आगलागीबाट सोही स्थानका वारिस शेख, ह्रदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यू जलेको हो ।
दुवै स्थानमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा निभाइएको थियोे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८२ - ०९:३२
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ। मौद्रिक नीतिको मस्यौदा तयार पारी सकेका गभर्नर विश्वनाथ पौडेलले ब...
आषाढ़ २७ गते, २०८२ - ०९:१७
तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले पाडाबाच्छी हुर्काउन कृषकलाई अनुदान दिएको छ । केन्द्रले चालु आर्थिक वर्ष २०८१÷८२ मा कृत्रिम गर्भ...
आषाढ़ २७ गते, २०८२ - ०९:१०
काठमाडौं । स्थानीय सरकारले नीति तथा कार्यक्रम ल्याउने समयसीमा घर्किएपछि काठमाडौं महानगरपालिकाले बल्ल नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ । वि...
आषाढ़ २७ गते, २०८२ - ०८:५२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलक...
आषाढ़ २७ गते, २०८२ - ०८:४७
गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष ...
आषाढ़ २७ गते, २०८२ - ०८:१६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक वर्षे कार्यकालमा अर्थतन्त्रमा उल्लेखनीय सुधार भएको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले अर्थतन्त्र...
आषाढ़ २७ गते, २०८२ - ०७:४१
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्...
आषाढ़ २७ गते, २०८२ - ०७:३६
काठमाडौँ । संङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी ...
आषाढ़ २७ गते, २०८२ - ०७:३३
जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान र...
आषाढ़ २७ गते, २०८२ - ०७:२३
खोटाङ । स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका ...
प्रतिकृया लेख्नुहोस्: