Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि होः पूर्वप्रधानमन्त्री खनाल

खबरडबली संवाददाता
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी दशौँ महाधिवेशन सफल पार्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेको छन्।
 
नेता खनालले विज्ञप्ति जारी गर्दै नेपाली विशेषताको समाजवादी क्रान्तिको कार्यक्रम पहिलो पटक प्रस्तुत गरिने आसन्न महाधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा ऐतिहासिक उपलब्धिका रुपमा लिइएको बताएको छन् ।
 
यो महाअधिवेशनले विगत ७५ वर्षका अनुभवमाथि आधारित भएर देशको समाजवादी क्रान्ति, रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, क्रान्तिको बाटो, नेपाली समाजका आधारभूत र प्रधान अन्तर्विरोधहरूको विश्लेषण गरी क्रान्तिको वर्तमान अवस्थाको प्रमुख प्रतिद्वन्द्वी शक्तिजस्ता विषय निर्धारण गर्ने उहाँको भनाइ छ ।
 
नेता खनालले लामो समयदेखि जनताको सङ्घर्षबाट निर्माण भएको नयाँ संविधानले जनताले केही महत्वपूर्ण अधिकार स्थापित गरेको बताउँदै नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको बताए।
 
पुँजीवादी जनवादी क्रान्ति भएको दुई दशक पुग्नै लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस अवधिमा जनतामाथिका पुँजीवादी शोषण र उत्पीडनहरु झन् भयावह बन्दै गएका छन सैनिक, जातीय, भाषिक र सामाजिक विभेदहरू अझ गहिरो बन्दैछन् ।”
 
राष्ट्रिय उत्पादन बढ्न नसकेकाले राष्ट्रिय अर्थतन्त्र पराधीन बन्दै गएको, भ्रष्टाचार, अनियमितता र व्यथितिहरू विकराल बन्दै गएकोले हरेक दिन हजाराँै सङ्ख्यामा युवा जनशक्ति विदेशिनुपर्ने दुःखद् अवस्था सिर्जना भएकामा उहाँले चिन्ता व्यक्त गरे।
 
पुँजीवादी वित्तिय शोषण फैलिँदै गएको अवस्थामा समाजवादी क्रान्ति र रूपान्तरणको आवश्यकता रहेको उहाँले बताए। अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेता खनालले शान्ति, विकास, स्थिरता र समृद्धिका निम्ति न्यायपूर्ण विश्व व्यवस्था स्थापना गर्न पार्टीको महाधिवेशनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। 
 
महाधिवेशन असार १६ गतेदेखि २०  गतेसम्म गरिने नेकपा (एकीकृत समाजवादी) पार्टीले जनाएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending