Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

देशभर पन्ध्र स्थानमा आगलागी हुँदा लाखौंको क्षती

खबरडबली संवाददाता

काठमाडौं । देशभर पन्ध्र स्थानमा आगलागी हुँदा  लाखौंको क्षती भएको छ ।  पछिल्लाे समय सुख्खा बढेसँगै देशभर आगलागीका घटना बढ्दा लाखाैंकाे क्षती भएकाे हाे ।

सिरहाकाे औरही गाउँपालिका२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको घरमा सिलिन्डर पड्की मंगलबार राति आगलागी हुँदा खाद्यान्न लगायतका सामानहरू जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सिलिन्डर पड्किँदा घाइते भएका यादवलाई स्थानिय मेडिकल सुखिपुर हुँदै थप उपचारको लागि आरके मेडिसिटी अस्पताल धनगढी रिफर गरिएको छ ।

प्यूठानकाे माण्डवी गाउँपालिका ४ तिल्केनी सामुदायिक वनमा मंगलबार राति लागेको आगो फैलिएर सोही ठाउँस्थित २ वटा घर र ५ वटा गोठ जलेर नष्ट भएको छ । क्षतिको विवरण हालसम्म खुलेको छैन ।

सैगरी प्यूठानकै माण्डवी गाउँपालिका २ टुक्रुकस्थित पोखरी सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित १ वटा घर र ४ वटा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हालसम्म खुलेको छैन ।

यसैगरी प्यूठान, प्युठान नगरपालिका(२ ढाडस्थित वसन्त सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने हिरा बहादुर परियारको गोठ र कुखुराको खोर जलेर पूर्णरूपमा नष्ट भएको छ । क्षतिको विवरण हालसम्म खुलेको छैन ।

खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका ५ मयाँखुस्थित लालिगुँरास सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही नगरपालिका ५ सोरागाँउ बस्ने विनोद राईको घर, चौकीराज राईको घर र मतान समेत जलेर करिब १७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी खोटाङ खोटेहाङ गाउँपालिका १ मुलाबारीस्थित लिकुवापोखरी सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने टंकनाथ तिम्सिनाको घर र गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ७ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तैगरी मकवानपुरकाे बकैया गाउँपालिका ५ पावसस्थित गितवार सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नर बहादुर राईको घर, गोठ र दल बहादुर राईको गोठ समेत जलेर करिब ११ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

रामेछापकाे मन्थली नगरपालिका ३ अर्चलेस्थित अर्चलेपाखा सामुदायिक वनमा मंगलबार बिहान लागेको आगो फैलिएर सोही ठाउँ बस्ने केशव बहादुर बोगटीको २ वटा घर जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुरकाे महालक्ष्मी नगरपालिका ५ टिकाथलीस्थित सर्लाही घर भएका बिरेन्द्र सिंह दनुवारको टहरा, रौतहत घर भएका बिक्रम यादबको टहरा र उदयपुर कटारी घर भएका मान बहादुर बुढाथोकीको टहरामा ग्यास लिक भई मंगलबार दिउँसो आगलागी हुँदा ३ वटै टहरा र मान बहादुरको कपासको खेलौना बनाउने कारखाना समेत जलेर करिब १९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

लमजुङकाे क्व्होलासोथार गाउँपालिका ३ घलेगाउ बस्ने ओम प्रकाश गुरुङको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १४ लाख १४ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट, देवाही गोनाही नगरपालिका १ बजार करूनिया टोलमा मंगलबार दिउँसो आगलागी हुँदा सोही टोलको ४ वटा घर र ४ वटा गोठ जलेर करिब २६ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी रौतहट, चन्द्रनिगाहपुर नगरपालिका १ पौराईस्थित वनमा मंगलबार साँझ लागेको आगो फैलिएर सोही ठाउँस्थित रोयल नेपाल बि फर्ममा आगलागी हुँदा मौरीको ६० घार जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरीकाे भोक्राहानरसिंह गाउँपालिका ३ डलुवास्थित सिसौ टोल बस्ने गियानन्द मेहताको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । 

सिन्धुलीकाे गोलन्जोर गाउँपालिका ६ गैरीगाँउस्थित बलेनी सामुदायिक वनमा मंगलबार साँझ आगलागी हुँदा सोही ठाउँ बस्ने बेद कोइराला समेत ३ जनाको ४ वटा घर र १ वटा गोठ पूर्णरूपमा जलेर करिब १९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलालीकाे गोदावरी नगरपालिका १ महेन्द्रनगर रोडस्थित कञ्चनपुर कृष्णपुर नगरपालिका(७ घर भएका प्रेरणा पाण्डेले सञ्चालन गरेको प्रेरणा सपिङ्ग सेन्टरमा गएराति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

स्थानीय वासिन्दा प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै सबै आगलागीका घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ । साथै आगालगी हुन नदिन सचेतना अपनाउन समेत प्रहरीले स्थानीयबासीलाई आग्रह गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीमान विदेश गएपछि श्रीमती प्रेमीसँग होटलमा, मृत भेटिएपछि प्रेमी पक्राउ

काठमाडौं । काठमाडौंको गोङ्गबुको होटलमा एक युवतीको शव फेला परेको छ । मोरङको लेटाङ २ घर भई हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएक...

कारसहित करिब ५० किलो गाँजा बरामद

महोत्तरी । महोत्तरीको औरही नगरपालिका-८ टिमकियाबाट  प्रहरीले  करिब ५० किलो अवैध लागूऔषध गाँजा  बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबा...

देशभर भएका आगलागीका घटनामा करोडौंको क्षती

काठमाडौं । देशभर भएका आगलागीका घटनामा करोडौंको क्षती भएको छ ।  सल्यानको शारदा नगरपालिका-१० मदनास्थित जुकेनाखोला खरबारीमा आइतबार दिउँसो लागेको आगो फैल...

कुवेत पुर्यादई मानवबेचबिखन गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्याठई मानवबेचबिखन गरेको आरोपमा  एकजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा धादिङ बेनिघाट...

जापानमा ९० लाख घर खाली हुँदा तीन लाख ८५ हजार घर बेवारिसे

काठमाडौं ।  जापानमा खाली घरहरूको संख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ। यो संख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजार...

महिलाको लगानीमा सरफ उद्योग सञ्चालन

तनहुँ ।  तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृ...

चितवनको इच्छाकामना गाउँपालिकामा वडाबाटै योजनाको सम्झौता र भुक्तानी

चितवन ।  चितवनको इच्छाकामना गाउँपालिकाले वडाबाटै योजनाको सम्झौता र भुक्तानी दिन थालेपछि उपभोक्ता समितिलाई सहज भएको छ । सम्झौता र भुक्तानीका लागि घण्टौ...

चितवनको इच्छाकामना गाउँपालिकामा वडाबाटै योजनाको सम्झौता र भुक्तानी

चितवन ।  चितवनको इच्छाकामना गाउँपालिकाले वडाबाटै योजनाको सम्झौता र भुक्तानी दिन थालेपछि उपभोक्ता समितिलाई सहज भएको छ । सम्झौता र भुक्तानीका लागि घण्टौ...

डढेलोले वातावरण प्रदुषित

बागलुङ  । वैशाख लागेदेखि बागलुङका जङ्गलमा दैनिक जसो आगलागी भएको छ । प्रहरीको तथ्याङ्कमा वैशाखमा मात्रै २७ वटा जङ्गलमा आगलागी भएको छ ।  आगोले सबै जङ...

समृद्ध मुलुकका लागि जिम्मेवार पत्रकारिताको खाँचो

काठमाडाैं । नेपालमा पहिलो समाचारमूलक पत्रिका गोरखापत्र प्रकाशन आरम्भ भएको दिनको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies