काठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्याठई मानवबेचबिखन गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका- ३ बाट प्रहरीले उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
श्याम बाबु समेतले पीडितलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कुवेत पठाईदिने भनि झुक्याई २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पुर्यातएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एअरपोर्टमा देखाउने कागजातहरू समेत फरक(फरक बनाई पठाएको, कुवेतको एअरपोर्टमा पुगे पश्चात जाहेरवालाको सक्कल नेपाली राहदानी लगायतका कागजातहरू नियन्त्रणमा लिई श्रीलंकन मुलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पुर्याूई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
साथै पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनि आग्रह गर्दा ५ लाख रकम माग गरेको र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी श्याम बाबु समेतले उपलब्ध गराएको खातामा ३ लाख रकम जम्मा गरे पश्चात पीडित कुवेतबाट २०७९ फागुन २१ गते नेपाल फर्कन सफल भएका थि ए ।
उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८१ - ११:४९
काठमाडौं । ३० वर्षीय नेपाली नागरिकले २८ वर्षीया श्रीमतीलाई निर्ममतापूर्वक कुटपिट गरेको घटना सार्वजनिक भएको छ । आरोपितले आफ्नी श्रीमतीको अरु कसैसँग सम्...
जेष्ठ ६ गते, २०८१ - ११:४५
काठमाडौं । सहकारीको रकम अपचलन, ठगी र हिनामिनाबारे छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन बसेको कार्यदलको बैठकमा कांग्रेस नेता ज...
जेष्ठ ६ गते, २०८१ - ११:१२
काठमाडौं । काठमाडौं महानगरपालिकाले चावहिलदेखी गाैसलासम्म सडक अतिक्रमणगरी बनाइएका घरहरूमा डाेजर चलाएकाे छ । चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारम...
जेष्ठ ६ गते, २०८१ - ११:०८
काठमाडौं । संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ । महिलाको अस्मितालाई कानूनले महत्व दिने गरेको पाइन्छ । संसारका प्रजातान्त्रिक भनिएका ध...
जेष्ठ ६ गते, २०८१ - १०:५८
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर स...
जेष्ठ ६ गते, २०८१ - १०:५६
काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण हिमालमा परेका असरबारे आवाज उठाउँदै आएको छ । फलतः गत वर्...
जेष्ठ ५ गते, २०८१ - २१:३५
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। शनिबार काठमाड...
जेष्ठ ५ गते, २०८१ - २१:२८
काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर र...
जेष्ठ ५ गते, २०८१ - २१:०५
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा म...
जेष्ठ ५ गते, २०८१ - १२:१४
काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...
प्रतिकृया लेख्नुहोस्: