Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

‘नेपाल र कतारबीच लगानी एवं सहकार्य बिस्तारका लागि ‘टिम’ निर्माण गर्ने समझदारी’

खबरडबली संवाददाता
काठमाडौँ । नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसूमह’ गठन गर्ने समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको एक्लाएक्लै र द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा सो समझदारी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिए।
 
“लगानी र सहकार्यका क्षेत्रलाई बिस्तार गर्ने विषयमा छलफल गर्नका लागि दुई देशका तर्फबाट बीचमा ‘टिम’ निर्माण गरेर अगाडि बढ्ने समझदारी बनेको छ”, उनले भने। 
 
भेटमा कतार र नेपाल सम्बन्ध एवं सहकार्यका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उहाँहरुबीच सौहार्द, आत्मीय र हार्दिकताका साथ वार्ता भएको थियो । सो अवसरमा नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्नेसम्बन्धमा व्यापक छलफल भएको परराष्ट्र सल्लाहकार सापकोटाले जानकारी दिए। 
 
प्रधानमन्त्री दाहालले अरब राष्ट्रबाट उच्च तहमा पहिलोपटक कतारका अमिरको नेपाल भ्रमण भएको उल्लेख गर्दै यस भ्रमणबाट दुई देशबीचका सम्बन्धमा नयाँ आयाम थपिएको बताए। भेटवार्तामा दुवै नेताले यस भ्रमणबाट दुई देशबीचको मित्रवत् र हार्दिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको उल्लेख गरेको सापकोटाले जानकारी दिए। 
 
“भेटवार्तामा दुवै नेताले भ्रमणका क्रममा भएका समझदारीले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए”, डा सापकोटाले रासससँग भन्नुभयो, “प्रधानमन्त्री दाहालले सिङ्गो नेपाली समुदायमा यस भ्रमणले नयाँ आशा जगाएको छ, आगामी दिनमा कतारसँग श्रमसहित लगानी र सम्बन्धका अन्य आयाममा पनि सहकार्य गर्ने ढोका खुला गरेको भने ।”
 
भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उल्लेख गर्दै नेपालमा कतारको लगानीका लागि आग्रह गरे। “लगानीका लागि सम्भावित क्षेत्र पहिचान गरिएका छन्, पूर्वाधार, यातायात, कृषि, जलविद्युत्, शिक्षा क्षेत्रमा दुई देशबीच सहकार्य हुर्नुपर्छ”, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै डा सापकोटाले भने। 
 
नेपालमा लगानीका लागि प्रधानमन्त्री दाहालले राख्नुभएको आग्रहलाई कतारका अमिर अल थानीले सकारात्मक रुपमा लिनुभएको उहाँले जानकारी दिनुभयो । कतारका अमिरले ऊर्जा, यातायात ९हवाई सम्पर्क बिस्तार०, कृषिलगायत क्षेत्रमा सहकार्य गर्न कतार सकारात्मक रहेको बताएको थिए। “नेपालमा सम्भाव्य लगानीका लागि कतार सकारात्मक छ, सहकार्यका क्षेत्रलाई बिस्तार गरेर जान सकिन्छ”, अमिर अल थानीको भनाइ उदृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटाले भने। 
 
भेटमा प्रधानमन्त्री दाहालले नेपाल र कतारबीचको श्रम सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउन आग्रह गरेको थिए । कतारका अमिरले श्रम सहकार्यलाई थप बिस्तार गर्न सकिने उल्लेख गर्नुभयो । नेपाली श्रमिकको सीप अभिवृद्धिका लागि सघाउन तथा हवाई सम्पर्कसञ्जाल बिस्तारका लागि कतार तयार भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरका तर्फबाट उडान गर्न सकिने उनको भनाइ थियो । 
 
प्रधानमन्त्री दाहालले युद्ध र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि कतारले गर्दै आएको मध्यस्थता भूमिकाको प्रशंसा गर्दै इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल स्वदेश फिर्तीका लागि अमिरको ध्यानाकर्षण गराएको थिए । 
 
प्रतिनिधिमण्डलस्तरमा भएको सो भेटवार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत,  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत थिए। 
 
कतारका अमिर अल थानीले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा कतारका विभिन्न मन्त्रालयका मन्त्री र उच्च अधिकारी सहभागी थिए। 
 
भेटवार्तापछि नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी तथा सहमति भएको थियो । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालको समुपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । 
 
यसैगरी युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीतिक शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रायले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका तर्फबाट विदेशराज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गरेको छन् । 
 
यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरे।
 
कतारका अमिर अल थानी नेपालको राजकीय भ्रमणका लागि मङ्गलबार नेपाल आएको थिए। राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर अल थानीबीच सोही दिन द्विपक्षीय भेटवार्ता भएको थियो । सो भेटमा उनीहरुबीच नेपाल–कतार सम्बन्धका विविध आयाममा छलफल भएको थियो । 
 
सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोका मुद्दामा सहकार्यका लागि कतारसँग आग्रह गरेको थिए। राष्ट्रपतिले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेको थिए । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

एमाले केन्द्रीय कमिटीको शपथ आज अपराह्न ४ बजे

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ समारोह आज अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने निर्वाचन आयोगले जानकारी दिएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending