Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८२ शनिबार | 17th May, 2025 Sat
Investment bank

१५ हजारमै पाइन्छ ड्राइभिङ्ग लाईसेन्स !

खबरडबली संवाददाता

सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स)खरिद विक्रि हुने गरेको पाइएको छ।

कर्मचारीहरुले विचौलीया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ अजार सम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाईएको हो।

ट्राफिक प्रहरी वा यातायातका कर्मचारीलाई घुस नबुझाए जतिपटक परीक्षा र ट्रायलमा सहभागी भएपनि पास नहुने तर घुस वापत रकम बुझाएपछि सजिलै लाईसेन्स हातलाग्ने सेवाग्राहीहरु बताउछन्। 

सिरहा गोलबजारका एक युवकले लिखित पास गरेर तीन पटक मोटरसाईकलको लाईसेन्सका लगी ट्रायल दिए। तर, उनी एक पटक पनि पास हुन सकेन। तर, उनीसँगै गएकाहरुले १५ हजार तिरेर लिखित र ट्रायल दुवै पास गरे। 

यहाँ जुन सुकै गाडीको लाईसेन्स लिन घुस रकम विचौलियामार्फत बुझाए सजिलै लाईसेन्स पाईने ती युवकले बताए। उनले भने, ‘म विगत १० वर्षदेखि मोटरसाइकल चलाई रहेको छु, लिखित पहिलो पटकमै पासगरें। तर, तीन पटक ट्रायल दिँंदापनि पास हुन सकिएन्। घुस नदिई लाईसेन्स लिउँ भनेको मुस्किल रहेछ।’

‘घुस नदिई काम गराउँछु भन्ने लागेर खुरुखुरु ट्रायल दिएँ। पासै हुन सकिएन। अव त्यसै एक वर्ष पछाडी परियो।’ उलने थपे, ‘अर्को पटक घुस दिएरै भएपनि पास गर्नुपर्ने अवस्था आयो।’

सिरहा धनगढीमाईका रमेश यादव (परीवर्तीत नाम) पाँच वर्ष देखि गागन खोलामा बालुवा ओसार्ने ट्याक्टर चलाउँछन्। तर, उनीसँग ड्राईभिङ लाइसेन्स थिएन। उनी लेखपड समेत जान्दैन तर, उनले ३५ हजार रुपैयाँ तिरेर लाईसेन्स लिए। 

उनले भने, ‘म ट्याक्टर चलाउन जान्दछु, लेखपढ गर्न पनि जान्दिन। पैसा नदिई लाईसेन्स पाइँदैन भन्ने सवै साथीले सुनाएपछि मैले पनि यातायात कार्यालय वाहिरै विचौलीया संग अवैध रकम बुभाएर लाईसेन्स लिएँ।’

ट्याक्टर, म्याजिक र विङ्गरचालकमात्र हैन यहाँबाट लाईसेन्सलिने धेरैले रकम तिरेर र भनसुनकोभरमामात्र लाईसेन्स पाउने गरेको एक विचौलियाले बताए। ति बिचौलियाले भने, ‘रकम नबुझाएसम्म लाईसेन्स नै पाइँदैन, हामीहरुलाई पनि थौरै कोटा दिएको हुन्छ। त्यहि अनुसार सेटिङ्गमा काम हुने हो।’

यस विषयमा यातायात कार्यालय लहानका प्रमुख कुसेश्वर साहसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्।

रकम नबुझाई ट्रायल पास गराउनु हुन्न भन्ने सेवाग्राहीले गुनासो गरेको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक डम्वर पुरीसँग जिज्ञासा राख्दा उनले भने, ‘ट्रायल सेन्टरमा गएका हाम्रो ट्राफिक प्रहरीले रकम माँग्ने गरेको भन्ने मलाई जानकारी छैन। भएको भए मलाई जानकारी गराउनुस तुरुन्त कारवाही गछु।’ 

उनले ट्राफिक प्रहरीले ट्रायल हेर्ने र नतिजा दिनेमात्र हो, बाँकी काम यातायत कार्यलयले गर्नेभएकोले हाम्रो खासै भुमिकापनि हुँदैन । सिरहामा विना विचौलीयाको लाईसेन्स नै बन्दैन भनी जिज्ञासा राख्दा प्रहरी निरिक्षक पुरीले केहि सुनिएन भनी फोन काटे।

यातायात र ट्राफिक प्रहरीले लाईसेन्स वापत अवैध रुपमा उठाईएको रकम जिल्ला , प्रदेश र विभाग सम्म समेत बुझाउने गरेको विगत लामो समयदेखि यातायात कार्यालयमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा जनाएको छ। उनले भने, ‘यातायातका केही कर्मचारी र ट्राफिक प्रहरीहरुको मिलोमतोमय विचौलीया खडा गरेको हुन्छ, लाईसेन्सको लिखित सकिएर ट्राईल सकिने दिन नै अवैध असुली गरेको रकम वाडफाड गर्नेगरेको बताए।’

ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयले विचौलीया खडागरी खुलेयाम रुपमा ड्राइभिङ लाईसेन्स विक्रिवितरण गरिरहेको सेवाग्राहीहरु बताउछन्। ड्राइभिङ लाईसेन्स लिन विचौलीयासंग सेटिङ नमिले लाईसेन्स नपाईने सेवाग्राहीहरुको भनाई छ। न्युज कारखाना

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभापति देउवा र जनार्दन शर्मा बिच भेटवार्ता, के छलफल भयो ?

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा बिचमा भेटबार्ता भएको छ।...

नाउपामा विवाद: संसदीय दलका नेतालाई कारबाही गर्न सांसदको पत्र

धनगढी। एउटा मन्त्री पठाउने विषयलाई लिएर विवाद बढेको नागरिक उन्मुक्ति पार्टीमा दलका नेता घनश्याम चौधरीलाई कारबाही गर्न माग भएको छ।  सोही पार्टीका प्...

बैतडीबाट सुरु भयो माओवादीको मध्यपहाडी अभियान

सरकारले जनताको मतलाई बेवास्ता गर्दै भ्रष्टाचारलाई प्रसय दियोः प्रचण्ड

सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

काठमाडौँ। आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि शुक्रबार सम...

सन्दीप लामिछाने व्यवसायिक हुन खोजेको हुन् : अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछाने व्यवसायिक हुन खोजेको र आफूलाई अर्को चरणमा लान खोजेको बताएका छन् । ...

गाजा पट्टीमा नागरिक घरहरूलाई लक्षित गरि इजरायली गोलाबारी: ५० को मृत्यु

गाजा सिटी। गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार मध्यरातदेखि प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा ५० जनाको मृत्यु भएको बताएको छ । “उत्तरी गाज...

नेपाल टी-२० विश्वकप छनोटको तेस्रो चरणमा

काठमाडौं। नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ । हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–...

गाजामा भोकमरी हेरिरहेका छौँ, हामी यसको ख्याल राख्छौँ: राष्ट्रपति ट्रम्प

काठमाडौँ । मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्र गाजामा मानिसहरू भोकमरीमा रहेको बताएका छन्। उनले शुक्रबार पत्रक...

कांग्रेस-एमालेसँग मिल्दा हामी झन् कमजोर हुने रहेछौँः प्रचण्ड

सरकार गभर्नर नियुक्तमा अनेक चलखेल र प्रपञ्चमा लागिरहेको छ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending