काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो ।
विपद व्यवस्थापन परिषदको सभापतिमा वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा चयन भएका छन् । महिला चेम्बरको सभापतिमा उपाध्यक्ष उर्मिला श्रेष्ठ, रोजगारदाता परिषदको सभापतिमा उपाध्यक्ष दिपक श्रेष्ठ चयन भएका छन् ।
यस्तै उपाध्यक्षहरु सुरेन्द्र कुमार श्रेष्ठ बस्तुगत समन्वय परिषद, निलकण्ठ चौलागाईं संस्थागत समन्वय परिषद एवं सन्तोष कुमार पाण्डे जिल्ला समन्वय परिषदको सभापति बनेका हुन् । मानार्थ उपाध्यक्ष अर्जुन प्रसाद शर्मा अन्तराष्ट्रिय प्रर्वद्धन समितिको सभापति चयन भएका छन् ।
उपभोक्ता हित आपूर्ति, स्थानीय निकाय, प्रशासन तथा स्थानीय प्रशासन, सुरक्षा समन्वय समितिको सभापतिमा देवेन्द्रभक्त श्रेष्ठ चयन भएका छन् । चेम्बरको राजश्व समितिमा पर्शुराम दाहाल, अतिथि सत्कार, क्लव तथा मर्मत संभार समितिको सभापतिमा राजा रत्न तुलाधर, मेला समितिमा राष्ट्रभुषण चाकुबजी, कृषि जडिबुटी तथा बनजन्य समितिमा कृष्णमान श्रेष्ठ, उद्योग वाणिज्य समितिको सभापतिमा भिमलाल पौडेल चयन भएका छन् ।
चेम्बरको सूचना प्रचार प्रसार समितिमा दीपककाजी तुलाधर,वातावरण समितिमा राम श्रेष्ठ, पर्यटन तथा संस्कृति प्रर्वद्धन समितिमा राजु श्रेष्ठ, युथ चेम्बरको सभापतिमा दीपेश तुलाधर रहेका छन् ।
यसैगरी पूर्वाधार तथा भुमि सुधार समितिमा रोशन भोयधो, सामाजिक तथा स्वास्थ्य समितिमा मृगेन्द्रमेहर श्रेष्ठ, बैंक वित्तीय तथा विमा समितिको सभापतिमा मनोहरदास मुल, ऊर्जा समितिको सभापतिमा नरेन्द्रबल्लभ पन्त, निर्यात प्रर्वद्धन समितिको सभापतिमा संजय कुमार अग्रवाल चयन भएका छन् ।
चेम्बर अफ कमर्सको खेलकुद समितिको सभापतिमा रुपक राजवंशी,सूचना प्रविधि समितिमा विज्ञान श्रेष्ठ चयन हुनुभएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारणसभापछि बनेको नयाँ कार्यसमितिले विषयगत समितिको सभापति पनि चयन गरेको हो । यसअघी सल्लाहकार परिषदको अध्यक्षमा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ चयन भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८१ - १३:००
काठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्याठई मानवबेचबिखन गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ बेनिघाट...
बैशाख २४ गते, २०८१ - १२:४९
काठमाडौं । जापानमा खाली घरहरूको संख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ। यो संख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजार...
बैशाख २४ गते, २०८१ - १२:३७
तनहुँ । तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृ...
बैशाख २४ गते, २०८१ - १२:३२
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले वडाबाटै योजनाको सम्झौता र भुक्तानी दिन थालेपछि उपभोक्ता समितिलाई सहज भएको छ । सम्झौता र भुक्तानीका लागि घण्टौ...
बैशाख २४ गते, २०८१ - १२:३२
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले वडाबाटै योजनाको सम्झौता र भुक्तानी दिन थालेपछि उपभोक्ता समितिलाई सहज भएको छ । सम्झौता र भुक्तानीका लागि घण्टौ...
बैशाख २४ गते, २०८१ - १२:२१
बागलुङ । वैशाख लागेदेखि बागलुङका जङ्गलमा दैनिक जसो आगलागी भएको छ । प्रहरीको तथ्याङ्कमा वैशाखमा मात्रै २७ वटा जङ्गलमा आगलागी भएको छ । आगोले सबै जङ...
बैशाख २४ गते, २०८१ - १२:१७
काठमाडाैं । नेपालमा पहिलो समाचारमूलक पत्रिका गोरखापत्र प्रकाशन आरम्भ भएको दिनको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिए...
बैशाख २४ गते, २०८१ - १२:१३
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गौरवपूर्ण इतिहास र ऐतिहासिक विरासत बोकेको ‘गोरखापत्र’लाई प्रतिस्पर्धी र विश्वसनीय बनाउन आन्तर...
बैशाख २४ गते, २०८१ - ११:५३
महेन्द्रनगर। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेकाे बताएका छन् । नेपाल...
बैशाख २४ गते, २०८१ - ११:४६
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका ११ साकेला टोलका युवराज राईको उद्धार भएको छ । साङ्लोमा बाँधिएर खोरमा जीवन व्यतित गर्दै आएका युवराजको आइतबार उद्धार ...
प्रतिकृया लेख्नुहोस्: