काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । स्वयम्बु स्टार ब्याङकेटमा बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको हो ।
रास्वपाको केन्द्रीय समितिको आजको बैठकमा दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
आजको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र जागरणलगायत विषयमा छलफल हुने कार्यक्रम छ ।
आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ । बैठक भाृलि पनि बस्दैछ । बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ ।
पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी तयार गरेको तालिकाअनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं स्र्वाङ्गिण विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ । रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे यस बैठकमा छलफल हुने बताइएको छ ।
कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार आइतबारकोे बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक एवं केन्द्रीय विभागको पुनःसंरचना, पार्टीको आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधनका विषयमा गर्नेछ ।
रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डोरप्रसाद अर्याल छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - ११:५६
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमालेका पूर्वउपाध्यक्ष भीम रावलले सञ्चालन गरेको ‘मातृभूमि जागर...
पौष २२ गते, २०८१ - ११:०९
म्याग्दी । बजेट अभाव हुँदा बेनी नगरपालिका वडा नम्बर ६ को निर्माणाधीन वडा कार्यालय भवनले पूर्णता पाउन सकेको छैन । भवन निर्माण थालेको सात वर्ष बितिसक्दा...
पौष २२ गते, २०८१ - ११:०७
काठमाडौं । अनलाइनमा काम गर्ने बहानामा तीन लाख गुमाएपछि रमा मिश्र (नाम परिवर्तन) हस्याङफस्याङ गर्दै झन्डै एक महिनाअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान ...
पौष २२ गते, २०८१ - १०:२७
कपिलवस्तु । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा चार लेन सडक निर्माणमा १० अर्ब लागत लाग्ने अनुमान गरिएको छ । बुद्धभूमि नगर...
पौष २२ गते, २०८१ - १०:२३
काठमाडौं । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्रस...
पौष २२ गते, २०८१ - १०:२०
विराटनगर । ‘एसियन हाईवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ ले वातावरणमा असर पुर्याएको स्थानीयवासी गुनासो गरेक...
पौष २२ गते, २०८१ - १०:०५
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको ...
पौष २२ गते, २०८१ - ०९:५०
महोत्तरी । निजि तथा आवासीय विद्यालय अर्गानाईजेसन महोत्तरीको ९ औ जिल्ला अधिवेशनवाट जिल्लाको नेतृत्वमा राधेश्याम सापकोटा निर्वाचित भएका छन । सनिवार ...
पौष २१ गते, २०८१ - १९:३८
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले भीम रावलमाथि पार्टीले गरेको निष्कासनको कारबाहीलाई सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार शुरु भएक...
पौष २१ गते, २०८१ - १६:३२
लमजुङ । छेवैको घर जीर्ण छ । आँगन घाँसे मैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । ‘मान्छे बेगरको घर यस्तै त हुन्छ नि बेवारिसेझैं...
प्रतिकृया लेख्नुहोस्: