एजेन्सी । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कले जनाएको छ ।
तथ्याङ्कमा सन् २०२४ को पहिलो तीन महिनामा उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) एक प्रतिशतले र मार्चमा समाप्त हुने १२ महिनाको अवधिमा तीन दशमलव छ प्रतिशतले बढेको तथ्याङ्ले देखाएको छ । यसले सन् २०२३ को अन्त्यसम्म १२ महिनाको अवधिमा सिपिआईमा चार दशमलव एक प्रतिशतको वृद्धिबाट घटेको सङ्केत गर्दछ ।
एबिएसले सन् २०२३ को पहिलो त्रैमासिकमा शिक्षा, स्वास्थ्य, आवास, खानालगायतको बढ्दो लागतलाई मुद्रास्फीतिको सबैभन्दा महत्पूर्ण चालकका रूपमा पहिचान गरेको छ । मार्चको अन्त्यमा आवासको मूल्य २०२४ को प्रारम्भको तुलनामा शून्य दशमलव सात प्रतिशत र १२ महिनाअघिको तुलनामा चार दशमलव नौ प्रतिशतले बढी थियो ।
एबिएसका मूल्य तथ्याङ्क प्रमुख मिचेल मार्कवार्टले आवासमा त्रैमासिक वृद्धि मुख्यतया भाडाद्वारा सञ्चालित भएको बताए । “राजधानीका सहरहरूमा कम रिक्ति दरहरूको आधारमा त्रैमासिकमा भाडाको मूल्य दुई दशमलव एक प्रतिशतले बढेको छ । हरेक १५ वर्षमा सबैभन्दा तीव्र दरमा भाडा बढ्दै गएको छ”, उनले भने ।
तीन महिनाको अवधिमा शिक्षा खर्च पाँच दशमलव नौ प्रतिशत र स्वास्थ्य खर्च दुई दशमलव आठ प्रतिशतले बढेको छ । यसै अवधिमा मासु र समुद्री खानाको मूल्य शून्य दशमलव सात प्रतिशतले घटेको छ । यद्यपि गैर–मादक पदार्थ, फलफूल तथा तरकारीको मूल्य भने बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८१ - २०:५९
बैतडी । बैतडीमा एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ को मुख्य बजारको पछाडी रिङरोडको तल अन्दाजी २१ वर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन...
बैशाख २३ गते, २०८१ - २०:३८
पोखरा । पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले बालकको शव निकालेको हो । शवको पहिचान हुन बाँकी ...
बैशाख २३ गते, २०८१ - २०:३१
काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ । आज काठमाडौं उपत्यका पनि सामान्य वर्षा भएको छ । जल ...
बैशाख २३ गते, २०८१ - २०:२०
कर्णाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्ने बताएका छन् । दैलेखको भैरवी गाउँपालिका–१...
बैशाख २३ गते, २०८१ - २०:१३
चौतारा । हिमाली क्षेत्रमा पालिने चौंरी लोप हुन थालेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले संरक्षणका लागि अभियान थालेको छ । चौँरीप्रति आन्तरिक त...
बैशाख २३ गते, २०८१ - २०:०८
काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकममा अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दा ‘हेर्दाहेर्दै’मा सोमबार सुनुवाइ हुने ...
बैशाख २३ गते, २०८१ - २०:०५
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र-२०८६ निष्काशन गर्ने भएको छ । आजदेखि बिक्री खुला गरिएको बचतपत्र...
बैशाख २३ गते, २०८१ - १९:५९
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले...
बैशाख २३ गते, २०८१ - १९:३९
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई पराजति गरेको छ । आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जावलाई २८...
बैशाख २३ गते, २०८१ - १९:३७
बाँके । सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ । सामाजिक सञ्जालको प्रयोगले हुने घटनामा वृद्धि भएको हो । सामान्य रुपमा फेसबुकमा भएको ...
प्रतिकृया लेख्नुहोस्: