Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

संरक्षणका पर्खाइमा शुक्लाफाँटामा ताल

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको घनत्व बढिरहँदा त्यहाँभित्र वन्यजन्तुलाई पानी व्यवस्थापन गर्न  थप पोखरी निर्माण गरिने भएको छ । 

चवालीस  पाटे बाघ, २३  गैँडा, दुई हजार तीन सयभन्दा बढीको बाह्रसिङ्गाको झुण्ड पाइने निकुञ्जभित्र कृतिम पोखरी र प्राकृतिक गरी एक सयको हाराहारीमा तालतलैया रहेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले शुक्लाफाँटा निकुञ्जको घाँसे मैदान आसपास मात्रै ३५ कृतित्र पोखरी रहेको बताए । 

“गर्मीका बेला वन्यजन्तुका लागि पानीको प्यास मेटाउन कृतिम पोखरीले निकै सहज भएको छ”, उनले भने, “अहिले त पानीको मुहान/पोखरी भएको क्षेत्रतिर नै वन्यजन्तु बढी देखिन्छन् ।”

शुक्लाफाँटाभित्र रानी ताल, बाबा ताललगायतका ठूला ताल रहे पनि लामो समय जलकुम्भीलगायतका झारले पुरिँदै गएका छन् । “यस वर्ष पोखरीको मर्मत/सम्भारका लागि बजेट आउँदा छ/सात सरसफाइ एवं मर्मत गरियो ।” उनले भने, “कुनै ठाउँमा सोलार सेट नहुँदा पोखरी सुकेको अवस्था पनि छ ।”

सुदूरपश्चिमको महत्वपूर्ण पर्यटकीय क्षेत्र मानिने शुक्लाफाँटा मुलुकमा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रुपमा समेत परिचित छ । यहाँ आहारा प्रजाति पर्याप्त हुँदा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको छ । 

“पानीका लागि अझै पोखरी थप्ने पाए हुन्थ्यो”, उनले भने, “अहिले त बाघ देखिने क्रम पनि बढेको छ ।” ताल उत्खनन र पुर्नभरण, पर्यावरण प्रर्वद्धन, सडक स्तरोन्नतिलगायतको माग प्रदेश सरकारका राखिरहेको शुक्लाफाँटा निकुञ्ज कार्यालयले जनाएको छ । तीन सय पाँच वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटाभित्र ५५ वर्गकिलोमिटरको विशाल घाँसे मैदान छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैतडीकाे पाटनमा एक पुरुष शव फेला

बैतडी । बैतडीमा एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ को मुख्य बजारको पछाडी रिङरोडको तल अन्दाजी २१ वर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन...

पोखराको एक खोलामा बालकको शव फेला

पोखरा । पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले बालकको शव निकालेको हो ।  शवको पहिचान हुन बाँकी ...

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ । आज काठमाडौं उपत्यका पनि सामान्य वर्षा भएको छ ।  जल ...

अब आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छ: मन्त्री भण्डारी

कर्णाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्ने बताएका छन् ।  दैलेखको भैरवी गाउँपालिका–१...

चौंरी हेर्ने गन्तव्य बन्दै हेलम्बु

चौतारा । हिमाली क्षेत्रमा पालिने चौंरी लोप हुन थालेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले संरक्षणका लागि अभियान थालेको छ  ।  चौँरीप्रति आन्तरिक त...

सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकममा अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दा ‘हेर्दाहेर्दै’मा सोमबार सुनुवाइ हुने ...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र-२०८६ निष्काशन गर्ने भएको छ । आजदेखि बिक्री खुला गरिएको बचतपत्र...

गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएकाे विश्वासको मत विवादमा, कांग्रेस अदालत जाने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले...

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई पराजति गरेको छ । आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जावलाई २८...

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके । सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ । सामाजिक सञ्जालको प्रयोगले हुने घटनामा वृद्धि भएको हो ।  सामान्य रुपमा फेसबुकमा भएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies