सुनसरी। सुनसरीको बराह क्षेत्र नगरपालिका-१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन्।
बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाका मूल आयोजक समितिको तथ्यांकअनुसार मेलामा पछिल्लो समय सयौँ दर्शनार्थी सहभागी हुने गरेको महाकुम्भ मेलामुल आयोजक समितिका सचिव चन्द्र मगरले बताए।
आयोजक समितिले एक महिनाभरमा करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेको थियो। दैनिकरुपमा दर्शनार्थी बढ्दै गएकाले आयोजकले लिएको लक्ष्यअनुसार एक महिनामा ३० लाख दर्शनार्थी सहभागी हुनसक्ने र लिइएको अपेक्षा पूरा हुनसक्ने सचिव मगरले बताए।
दैनिकरुपमा दर्शनार्थी बढ्दै गएको र दिनानुदिन गर्मी अत्यधिक बढेसँगै व्यवस्थापनमा अझ केही थप गरेर सरसफाइसँगै दर्शनार्थीको लागि सबै ठाउँमा पानीको व्यवस्था र खाना बस्नको सुविधा राम्रो तयार पारेर अगाडि बढी रहेको मूल आयोजक समितिका सहअध्यक्ष तथा बराह क्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए।
कुम्भमेलामा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ। सप्तकोशीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन्। कुम्भमा सहभागी हुन पूर्वी नेपालका विभिन्न ठाउँबाट मात्र नभएर बैतडी, दाङ, बाजुरा, अछाम, डडेलधुरालगायतका अन्य सबै जिल्लाबाट दर्शनार्थी आइरहेको उनले बताए।
त्यस्तै मधेसका सप्तरी, सिरहादेखि भारतबाट समेत उल्लेख्य रुपमा दर्शनार्थी आइरहेको र अमेरीका, अष्ट्रेलिया, क्यानडालगायका देशहरुबाट भक्तजन मात्र नभएर धर्मगुरुसमेत आएको आयोजकको भनाइ छ।
टाढादेखि आउने दर्शनार्थीका लागि खाना र बस्नको राम्रो व्यवस्था मिलाइएको छ। त्यस्तै यातायात, पार्किङ, खानेपानी, शौचालयजस्ता आधारभूत कुराहरुको राम्रो व्यवस्थापन गरिएकाले अधिकांश दर्शनार्थी सन्तुष्ट र उत्साहित देखिएको सहअध्यक्ष तथा नगरप्रमुख कार्कीको भनाइ छ।
हिन्दू धर्म शास्त्रीय मान्यताअनुसार विश्वका चारधाममध्येको एक पवित्र तीर्थ बराह क्षेत्रस्थित सप्तकोशी नदीमा जम्मा चार वटा शाही स्नानका कार्यक्रम राखिएको छ। यही बैशाख १ गते र ११ गते २ शाही स्नान सकिएको छ भने बाँकी २ स्नान १६ गते र २६ गते गरिने छ।
धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई शाही स्नान भनिन्छ । विशेष गरी स्नानलाई महत्वपूर्ण मानिन्छ बराहक्षेत्र मै सबैभन्दा बढी स्नान गर्ने प्रचलन रहेको छ। त्यहाँ खाली खुट्टा हिँडेर उल्लासमय जाने आउने गरिन्छ शुभमुहुर्तमा शाही स्नान गरेमा अमरताको वरदान प्राप्त गर्ने धार्मिक विश्वास रहेको सहअध्यक्ष कार्कीले बताए।
बराहक्षेत्रस्थित चतराधाममा गत चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेकाे महाकुम्भ मेला यही वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: