काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।
अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१र०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन पौडेलसँगै ७ पूर्वअर्थमन्त्रीलाई बानेश्वरस्थित एक होटलमा भेला गराएका थिए । अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन भनेका पौडेलले राजनीतिक अस्थिरता चाहनेहरुले फैलाएको हल्ला निराधार रहेको बताए ।
उनले हल्लाहरुको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिए । पौडेलले संसदमा कुनै दलको एकल बहुमत नहरेको भन्दै कसैले चाहँदैमा सरकार नढल्ने बताए । बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलले स्मरण गरे ।
‘सरकार अस्थिर छ भन्ने हल्ला चलाएर बजेट बनाउँदै गरेको अर्थमन्त्रीको मनोविज्ञानमा ‘देखा जाएगा’ भन्ने सोच उत्पन्न गराउन केही मानिसहरुले हल्ला चलाएर दबाब सिर्जना गर्ने प्रवृत्ति विगत देखि कै हो’, पौडेलले भने, ‘संसदमा कसैको पनि एकल बहुमत छैन । यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ । त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण म देख्दिन । ढुक्क भएर बजेट निर्माणको काममा लाग्न अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८१ - १०:४०
काठमडौं । पूर्व प्रहरी प्रमुख (आईजीपी) समेत रहेका एमाले नेता सर्वेन्द्र खनालले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीको काममा निष्कृय...
पौष २१ गते, २०८१ - १०:२९
काठमाडौं । काठमाडौंको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ । बिहान ६ बजे भएको यो दुर्घटनामा चालक सकुसल रहेका छन् । B AA...
पौष २१ गते, २०८१ - १०:२०
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ। शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बिहान देखि पुन बसि...
पौष २० गते, २०८१ - २२:३०
सर्लाही । सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प...
पौष २० गते, २०८१ - २२:३०
सर्लाही । सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प...
पौष २० गते, २०८१ - १०:२२
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...
पौष २० गते, २०८१ - १०:२२
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...
पौष २० गते, २०८१ - १०:२१
काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले समानान्तर गतिविधि गरेको र आफूविरुद्ध तथ्यहीन आरोप लगाएको भन्दै शेखर कोइराला पक्षकी विद्यार्थी नेत्री प्रेम...
पौष २० गते, २०८१ - ०९:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । स्वयम्बु स्टार ब्याङकेटमा बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको ह...
पौष २० गते, २०८१ - ०८:५३
काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानहरूमा आज तीन घन्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, काठमाडौंको जोरपाटी वितरण केन्...
प्रतिकृया लेख्नुहोस्: